Close This

सर्लाहीमा भएका सवारी दुर्घटनामा १ जनाको ज्यउान गयो २ जना घाईते

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-३-१ गते   २८९ पटक हेरिएको

 सर्लाहीको हरिपुर्वा नगरपालिका ९ वसन्तपुरमा टिपरले किचेर एक बृद्धको ज्यान गएको छ । ना ८ ख ५३९५ नम्बरको टिपरले किचेर हरिपुर्वा नगरपालिका ९ बसंतपुर मिर्चैया टोलका करिब ७० वर्षिय सिघेश्वर रायको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक विश्वमणी पोख्रेलले जानकारी दिनु भयो । 

गाउँ नजिकै मकै हेरचाह गर्न सडक क्षेउमा पाल लगाई सुतेको अवस्थमा सोमबार टिपरले किच्दा बृद्धको ज्यान गएको प्रहरीले जनाएको छ ।ठक्कर दिएर फरार भएको टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर  आवश्यक कारवाही प्रकृया अगाडी बढाईएको सर्लाही प्रहरीले जनाएको छ । 

त्यसैगरी मलंगवा नगरपालिका–७ मुसैलीमा ट्याक्टरको ठक्करबाट एक बालिका घाईते भएकी छन । ना १ त ८७२४ नम्बरको ट्याक्टरले ठक्कर दिदा स्थानिय सन्तोष रायकी अन्दाजी ७ वर्षिय छोरी अर्चना कुमारी राय घाईते भएकी हुन । अहिले उनको बिरगंजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।  

त्यस्तै हरिवन नगरपालिका–८ मा ना ५१ प ६९८४ नम्बरको मोटरसाईकलले ठक्कर दिदा स्थानिय अन्दाजी ५० वर्षिय सिता बिक घाईते भएकी ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । मोटरसाईकलको ठक्करबाट उनको बाँया खुट्टा भाँचिएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक राजेन्द्र कुमार उपाध्यायले जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech