Close This

स्वास्थ्यमन्त्री तामांगसँग रेष्टुरेण्ट व्यवसायीद्धारा कोभिडविरुद्धको खोप माग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-३१ गते   ४०२ पटक हेरिएको

विश्वव्यापी महामारीको रुपमा फैलिएकोकोरोना भाईरसको संक्रमण बढि रहेको समयमा रेष्टुरेण्ट व्यवसायीले रेष्टुरेण्ट क्षेत्रमा कार्यरत मजदुरका लागि कोभिड विरुद्धको खोप मागेका छन् । खोप माग गर्दै व्यवसायीले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेर बहादुर तामाङलाई ज्ञापन पत्र बुझाएका छन् ।  कोरोना माहामारी नियन्त्रणका लागि भन्दै जारी गरिएको निषेधाज्ञाले आर्थिक मारमा परेको रेष्टुरेण्ट क्षेत्रमा कार्यरत मजदुरले खोप नपाउँदा दोहोरो मार परेको भन्दै व्यवसायीले स्वास्थ्यमन्त्री तामांगलाई ज्ञापन पत्र बुझाएका हुन् । 


‘कोरोनाले रेष्टुरेण्ट व्यवसाय र यसमा आवद्ध श्रमिकहरु विशेष मारमा परेको र जीवनयापन गर्न असहज वातावरण सिर्जना भएको हुनाले उनीहरुको र सुरक्षाका लागि श्रमजीवीलाई प्राथमिकतामा राखेर यथाशिघ्र खोप उपलब्ध गराउन माग गर्दछौं ।’ मन्त्री तामांगलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
‘गत वर्षदेखि नै हामी लक डाउनको मार खेपिरहेका छाँै । त्यसमाथि हाम्रा श्रमजीवीले समयमै खोप नपाउँदा हाम्रो व्यवसाय र लाखौं मानिसको जीवन असुरक्षित भएको छ ।’स्वास्थ्यमन्त्री तामांगलाई ज्ञापनपत्र बुझाउँदै द बर्गर हाउस एण्ड क्रन्चि फ्राईड चिकेन समुहका संस्थापक वसन्त लामाले बताउनु भयो ।
विभिन्न उमेर समुह र ’फ्रन्ट लाईनर’ले खोप पाउँदा मुलुकको आर्थिक क्षेत्रमा ठूलो योगदान गर्ने रेष्टुरेण्ट क्षेत्रलाई भने ओझेलमा पारिएको प्रति उनिहरुको गुनासो छ । ‘हाम्रा श्रमजीवीले समयमा खोप नपाउँदा हाम्रो व्यवसायसँगै मजदुर र करोडौं उपभोक्ताको पनि जीवन जोखिममा परेको छ,’ व्यवसायी संजिव लामाले बताउनुभयो ।
स्वास्थ्यमन्त्री तामाङले अबको चरणमा रेष्टुरेण्ट र पर्यटन क्षेत्रका मजदुरलाई विशेष प्राथमिकतामा राखिने बताउनु भएको छ । ‘पहिलो चरणमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार उमेर समुह र ’फ्रन्ट लाईनर’लाई खोप लगायौँ । अबको चरणमा रेष्टुरेण्ट र पर्यटन क्षेत्रका मजदुरलाई विशेष प्राथमिकतामा राखिनेछ ।’ मन्त्री तामांगले बताउनु भयो ।
स्वदेशमै बसि देशको सेवामा समर्पित करिव एक सय जना युवाहरूको साझेदारीमा देशका विभिन्न ठाउँमा ९० भन्दा बढी शाखा रहेको बर्गर हाउसमा करिव १ हजार ५ सय श्रमिक आबद्द रहेका छन् । पछिल्लो समय रेस्टुरेन्ट व्यवसायमा बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनले आफ्नो छुट्टै पहिचान बनाएको छ । साथै सो कम्पनीका संस्थापक वसन्त लामा पनि सफल युवा व्यवसायीको रुपमा परिचित भइसक्नु भएको छ । प्रायः धेरैजसो युवायुवतीहरुको गन्तव्य हुने गरेको बर्गर हाउस रेस्टुरेन्ट व्यवसाय थालनी गर्नेहरुको पनि पहिलो रोजाईमा पर्ने गरेको लामाले बताउनुभयो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech