सर्लाहीको लालबन्दी र इश्वरपुरमा नेसन सपोर्ट फाउन्डेसनले निःशुल्क रक्त समुह पहिचान कार्यक्रम गरेको छ । लालबन्दी नगरपालिका १२ जियाजोरमा रहेको नारायण जन्ता मावि,लालबन्दी नगरपालिका १६ को डिम जनता मावि र इश्वरपुर नगरपालिका १२ को नेपाल राष्ट्रिय जन्ता माविमा फाउन्डेसनले विद्यार्थीहरुको नि ः शुल्क रक्त समुह पहिचान कार्यक्रम गरेको हो।
नेसन सपोर्ट फाउन्डेसन र कमलामाई मिडिया प्रालीको संयुक्त आयोजनामा भएको निःशुल्क रक्त समुह पहिचान कार्यक्रमको लालबन्दी नगरपालिका ६ मा रहेको सुर्याेदय लाइफ केयर सेन्टर(हस्पीटल)प्रालीले प्राविधिक सहयोग गरेको छ । निरन्तर सामाजिक कार्य गर्दै आएको हरिवन नगरपालिका ११ मा रहेको फाउन्डेसनले जिल्लाका विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आएको छ ।
लालबन्दी १२ को नारायण जन्तामाविका १ सय ६२ जना,लालबन्दी नगरपालिका १६ को डिम जनता माविमा एक सयजना र इश्वरपुर १२ को नेपाल राष्ट्रिय जन्ता माविमा ८० जनाको गरि ३ सय ४२ जना विद्यार्थीहरु र शिक्षकहरुको निःशुल्क रक्त समुह पहिचान कार्यक्रम गरिएको फाउन्डेसनका अध्यक्ष राजेश साहले बताउनु भयो । कुनै पनि सरकारी तथा गैर सरकारी संस्थाको ध्यान पुग्न नसकेका स्थानहरुमा सहयोगी मनहरु पुग्छन् भन्ने उद्धेश्यका साथ सामाजिक कार्यमा आफुहरु पनि लागि परेको कमलामाई मिडिया प्रालीका अध्यक्ष पत्रकार शंखर पहाडी(गौरब)ले बताउनु भयो ।
जिल्लाको दुर्गम भनेर चिनिने जियाजोर,परवानीपुर र घारी वथानमा पुगेर आफुहरुले रक्त समुह पहिचानको काम गर्दा अरु सरकारी तथा गैर सरकारी संस्थाहरुको ध्यान यस क्षेत्रतर्फ केन्द्रीत हुनेमा आफु विश्वस्त रहेको पत्रकार पहाडीले बताउनु भयो । फाण्डेशन र मिडिया प्रालीको संय्ुक्त आयोजनामा जिल्लाका अरु केही विद्यालयहरुमा पनि निः शुल्क रक्त समुह पहिचान कार्यक्रम गरिने आयोजकले बताएको छ ।