घरबाट नगरपालिका चलाउँदै हरिपुर्वाका प्रमुख प्रशासकीय अधिकृत साह

300 Shares

सर्लाहीको हरिपुर्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले घरबाटै नगरपालिका कार्यालय चलाउने गरेका पाइएको छ।हरिपुर्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साह लामो समयदेखि कार्यालयमा हाजिर नभएर आफ्नो घरबाटै नगरपालिकाको काम गर्ने गरेका पाइएको हो ।
मंसिर ५ गते नगरपालिका आएका प्रमुख प्रशासकीय अधिकृत साहले मंसिर ६ गते बिहीबार स्कर्पियो खरिदका लागि टेण्डर स्वीकृत गरेको सूचना बाहिरिएपछि उनी आफ्नै घरमा बसेर नगरपालिकाको काम गर्ने गरेका रहस्य बाहिरिएको हो।मंसिर ५ गते बाहेक मंसिर महिनामा कार्यालय नै नगएका प्रमुख प्रशासकीय अकिधृत साहले कसरी टेण्डर स्वीकृत गरेको सूचना सम्प्रेषण गरे ? भन्ने प्रश्न खडा भएको छ ।नगरपालिकामा एउटा गाडी छँदाछँदै अर्को नयाँ गाडी खरिद गरी नगर विकासको रकम दुरुपयोग गरिरहेको स्थानीय युवाहरुको आरोप छ ।विलासी गाडी थप्नुभन्दा पिच सडकमा जमेको धुलो बढार्ने ब्रुमर खरिद गर्नु उपयुक्त हुने स्थानीयको भनाई छ ।
यता,हरिपुर्वा नगरपालिकाका सूचना अधिकारी कुमार नेपालीले मंसिर ६ गते प्रमुख प्रशासकीय अधिकृत साह कार्यालयमा हाजिर नभएका स्वीकार गरे।उनले केही दिन पहिला दुई जना युवाहरुसंग सामान्य विषयमा  प्रमुख प्रशासकीय अधिकृत साहको विवाद भएको समेत बताए ।उनले हरिपुर्वा नगरपालिकाका केही कर्माचारीहरु लालबन्दीमा बस्ने र प्रमुख प्रशासकीय अधिकृत साहपनि  लालबन्दी मै बस्ने भएकाले योजना शाखाले सोही दिन टेण्डर स्वीकृत गरेको सूचनामा हस्ताक्षर गराएर नगरपालिका ल्याई सार्वजनिक गरिएको बताए ।
नगर प्रमुख विनोद कुमार साह रप्रमुख प्रशासकीय अधिकृत साहलाई सो विषयमा बुझ्नफोन गर्दा उनीहरु दुवै जनाको फोन उठेन ।त्यस्तै,हरिपुर्वा नगरपालिका ५ स्थित रहेको केश्वर गरिब जनता मा.विको विद्यालय व्यावस्थापन समिति अध्यक्ष चयनको विषयमा नगर प्रमुख साहको असहमती रहेको र सोही कारण उक्त विद्यालयका प्रधाानध्यापक संजय कुमार यादव र नगरपालिकाको शिक्षा शाखा प्रमुख जनक काफ्लेको तलब समेत नगर प्रमुख साहको निर्देशनमा रोकिएको स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार