Close This

सर्लाहीमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-१७ गते   ३११ पटक हेरिएको

सर्लाहीमा आज थप १७ जनामा कारोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको  छ । सर्लाहीको पर्सा गाउँपालिकामा १२ जना, विष्णु गाउँपालिकामा ४ र कौडेना गाउँपालिकामा एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिनुभयो । 
संक्रमित पर्सा गाउँपालिकाका १६ , १७, १८ वर्षीया महिला, १९ , २१, २४, २४, २७, २८, ३३, ३३ र ४० वर्षीय पुरुष रहेका छन् । विष्णु गाउँपालिका २ का उमेर नखुलेका एकजना, वडा नं ५ का १६, २८, १८ वर्षीय रहेका छन् । 
त्यसैगरी कौडेना गाउँपालिकाका १८ वर्षीय युवामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । १७ जना थपिएसँगै सर्लाहीमा कोरोना भाइरस संक्रमितको संख्या ६१ पुगेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech