सर्लाहीको इश्वरपुर नगरपालिका १२ मा नेकपा(माओवादी केन्द्र) को प्रथम वडा अधिवेशन सम्पन्न भएको छ । नेकपा(माओवादी केन्द्र) इश्वरपुर नगरपालिका १२ का सुबाश खड्काको संयोजकत्वमा आयोजित वडा अधिवेशनमा सुकमान वाईबाको अध्यक्षतामा भएको कार्यक्रममा २९ सदस्यीय वडा कमिटि चयन गरेको छ ।
नेकपा(माओवादी केन्द्र) सर्लाही जिल्ला–सह ईन्चार्ज रामप्रृत यादवको प्रमुख आतिथयतामा भएको कार्यक्रममा सुबास खड्काको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि चयन भएको छ । त्यसैगरी उपा अध्यक्षतामा नवराज गोले,भिषकुमारी वि.क.,नौमान गोले सचिव–सन्तोष पुलामी,सह सचिव–जानुकी वि.क.,कोषाध्यक्ष –नवराज खड्का सहित २९ जनाको वडा कमिटि चयन भएको इश्वरपुर नगर संयोजक नरेश महतोले जानकारी दिनु भयो ।