सर्लाहीको बागमती नगरपालिका ४ जिरायतमा आयोजित प्रथम जिरायत कप फुटबल प्रतियोगिताको उपाधि महाकाली युवा क्लब रानिगन्जले उचालेको छ ।बिहीबार सम्पन्न फाइनल खेलमा आरएफसी हरिवनलाई ट्राइब्रेकरमा पराजित गर्दै लालबन्दी नगरपालिका १७ रानिगन्जको महाकालीले उपाधि उचालेको हो ।
निर्धारित समयको खेलमा दुवै टिमबाट कुनै गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट खेलको नतिजा निकालिएको आयोजक ओम युवा क्लब बागमती नगरपालिका ४ जिरायतले जनाएको छ ।जितसँगै महाकालीले नगद रु ५० हजार ५१ सहित प्रथम जिरायत कपको ट्रफी उचालेको छ । उपबिजेता आरएफसी हरिवनले भने नगद रु २५ हजार ५१ मा चिक्त बुुझाएको छ ।
प्रतियोगिताको बिजेता तथा उपबिजेता र विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य एवम निवर्तमान रक्षा मन्त्री हरि उप्रेती र प्रदेशसभा सदस्य जवाहारलाल कुशवाहा लगायतले पुरस्कार वितरण गरेका आयोजकले जनाएको छ ।