प्रथम हरिपुर गोल्डकपमा एभरेष्टको विजयी सुरुवात

216 Shares

सर्लाहीको हरिपुर नगरपालिकामा प्रथम हरिपुर गोल्डकप फुटबल प्रतियोगिता–२०८२ सुरु भएको छ।विभिन्न १० वटा टिमको सहभागीतामा सञ्चालन हुने प्रतियोगिताको पहिलो खेलमा एभरेष्ट फुटबल एकेडेमी लालबन्दी नगरपालिका ५ गोलबजार स्पोर्टस् क्लब सिरहालाई १–० गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
हरिपुर नगरपालिका २ स्थित सानो जगतपुर खेल मैदानमा आईतबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमै एभरेष्टले जित दर्ता गराएको आयोजक क्लबका अध्यक्ष अमृत घिसिङले जानकारी दिए ।उनका अनुसार हरिपुर नगरपालिका र हरिपुर नगरपालिका २ को आर्थिक सहयोगमा नव संघर्षशील यूवा क्लबले आयोजना गरेको प्रतियोगितामा आयोजकसहित १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको बिजेतालाई ट्रफीसहित रु एक लाख ५० हजार र उपबिजेतालाई रु ७५ हजार प्रदान गरिने आयोजक हरिपुर नगरपालिकाका नगर प्रमुख गोपाल पञ्जियारले बताए ।उनका अनुसार पुस १ गतेसम्म सञ्चालन हुने फुटबल प्रतियोगिता सञ्चालन गर्न हरिपुर नगरपालिकाले रु चार लाख र हरिपुर नगरपालिका २ ले रु पाँच लाख गरी कुल रु नौ लाख बजेट विनियोजन गरिएको छ ।
त्यस्तै प्रत्येक दिनको खेलका म्याद अफ द म्याचलाई रु एक हजार पाँच सय, प्रतियोगिताभरमा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही रु पाँच हजार र प्रतियोगिताकै सर्वोत्कृष्ट एक खेलाडीलाई नगद रु आठ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार