एकैदिन १४ जना थपिएपछि नेपालमा कोरोना संक्रमितहरुको संख्या ३०

1.6k Shares

 नेपालमा एकैदिन थप १४ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ। उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार उदयपुर र चितवन जिल्लामा १४ जना पुरुषहरुमा संक्रमण देखिएको हो। मन्त्रालयका अनुसार उदयपुरका ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षिय र चितवनका २७ र ६३ बर्षिय पुरुषमा संक्रमणको पुष्टि भएको हो।

मन्त्रालयका  अनुसार उदयपुरमा भेटिएका संक्रमितमध्ये केहि भारतबाट फर्किएका थिए। यससँगै नेपालमा संक्रमीतहरुको संख्या ३० पुगेको छ। 

सम्बन्धित समाचार