मेनुका कुमारी पौडेल
ललितपुरको गोदावरी नगरपालिकाका नगर प्रमुख सम्मानीत भएका छन् ।गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनलाई नेपाल स्काउटले सम्मान गरेको हो । स्काउटको ७२ औँ स्थापना दिवसको अवसरमा नगर प्रमुख महर्जनलाई कदर पत्र सहित सम्मान गरिएको नेपाल स्काउटले जनाएको छ ।
स्काउटको स्थानीय पालिकाको संरक्षकको हैसियतमा स्काउटको वृद्धी,विकास र विस्तारका लागि नगर प्रमुख महर्जनजले महत्वपूर्ण योगदान गरेका कारण उनलाई सम्मान गरिएको नेपाल स्काउटले जनाएको छ ।
स्थापना दिवसको अवसरमा आयोजित विशेष समारोहमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले उक्त कदर पत्र न नगर प्रमुख महर्जनलाई प्रदान गरेका हुन ।
नगर प्रमुख महर्जनले नगरपालिकाभित्रका सामुदायिक विद्यालयका स्काउट पढाउने शिक्षकलाई पारिश्रमिकको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् । उनले नगरपालिकामै स्काउटको कार्यालय स्थापना गरेर गतिविधि संचालन गराउँदै आएका थिए ।