सर्लाहीको हरिवन नगरपालिकाको नगर प्रमुख चयन गर्न भाग्य निर्णायक मतगणना जारी रहेको छ ।हरिवन नगरपालिकामा ११ वटा वडा रहेको भएपनि हरिवन नगरपालिका ११ को मग नगर प्रमुख पदका लागि भाग्य निर्णायक मत रहेको हो ।
हरिवन नगरपालिका–११ मा ३ हजार ४ सय ७७ मत खसेकोमा यो समाचार तयार पार्दै गर्दा सम्म हरिवन नगरपालिका ११ को ३ हजार ४० मत गणना भइ रहेको छ ।नेकपा(माओवादी केन्द्र) र नेकपा(एमाले)का नगर प्रमुख पदका उम्मेदवारको मतान्तरमा कडा प्रतिस्पर्धा रहेको समयमा हरिवन नगरपालिका ११ को बाँकी मत निर्णायक मत बनेको छ । हरिवन नगरपालिका १ देखि १० सममको मत गणना सकेर हरिवन ११ को ३ हजार ४० मत गणना गर्दा नेकपा(माओवादी केन्द्र)को तर्फबाट नगर प्रमुख पदका उम्मेदवार रमेश बुढाथोकी(कमल)को ६ हजार ८ सय ९ मत रहेको छ निकट्मत प्रतिस्पर्धी नेकपा(एमाले)को तर्फबाट नगर प्रमुख पदका उम्मेदवार गणेश प्रसाद प्रसाईको ६ हजार ७ सय २६ मत रहेको छ ।
पटक पटक घटबढ हुँदै गरेको मतान्तरमा अब ४ सय ३७ मत गणना गर्न बाँकी रहेको छ भने अहिले ८६ मतले माओवादी केन्द्रको तर्फबाट नगर प्रमुख पदका उम्मेदवार बुढाथोकी अगाडी आउनु भएको नेकपा(माओवादी केन्द्र) हरिवन नगर कमिटि अध्यक्ष अर्जुन पन्तले जानकारी दिनुभयो ।