पूर्व पश्चीम राजमार्ग अन्र्तगत सर्लाहीको फुलजोरबाट कार्तिक २६ गते गत बिहीबार ठूलो परिमाणमा लागूऔषध गाँजा सहित एउटा कार र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।कार्तिक २६ गते बिहीबार साँझ अन्दाजी ७ः३० बजेको समयमा लालबन्दीबाट पूर्व–पश्चीम राजमार्ग हुँदै फुलजोर तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च ४२८० नम्बरको कर अस्थायी ट्राफिक प्रहरी चोक पोष्ट फुलजोरले नियमित चेकजाँचको क्रममा रोकी चेकजाँच गर्दा लागु औषध गाँजा फेला पारेपछि ईलाका प्रहरी कार्यालय केशरगन्जलाई चालक सहित बुझाएकोमा सो विवरण हाल सम्मपनि प्रहरीले सार्वजनिक नगरी कार चालकलाई भगाएको रहस्य फेला परेको छ ।
ट्राफिक प्रहरीले नियमित चेकजाँचको क्रममा कारको सवारी दर्ता किता फेला नपरेपछि शंका लागि चेकजाँच गर्ने क्रममा उत्त कारमा अन्दाजी एक सय ५५ किलोग्राम लागु औषध गाँजा फेला परेपछि कार र चालकलाई ईलाका प्रहरी कार्यालय केशरगन्जको जिम्मा लगाएको थियो ।तर कारको डिकी खोल्ने क्रममा चालक भागेका ईलाका प्रहरी कार्यालय केशरगन्जले जवाफ दिएको छ।जसबाट जिल्लाको सुरक्षा व्यवस्था र प्रहरीको कार्यक्षमतामाथि गम्भीर प्रश्न खडा भएको छ।प्रहरीले एक सय ५५ किलो लागु औषध गाँजासहित एउटा कार नियन्त्रणमा लिए पनि कार चालक भने फरार भएको भनिएको घटनाले लागूऔषध ओसार पसार नियन्त्रणमा प्रहरीको सक्रियता माथि नै शंका उत्पन्न गराएको छ।
लागूऔषधजस्तो गम्भीर अपराधसँग जोडिएको घटनामा ठूलो परिमाणको लागु औषध गाँजा बरामद हुनु सामान्य विषय होइन।अझ गाँजा ओसार पसारमा प्रयोग भएको सवारीसाधन प्रहरीको नियन्त्रणमा आउँदा चालक फरार गराउननुले घटनालाई थप रहस्यमय बनाएको छ। प्रहरीले गाँजा र कार नियन्त्रणमा लिन सफल भए पनि मुख्य जिम्मेवार व्यक्तिलाई नियन्त्रणमा लिएर छाड्नुले अनुसन्धान र सुरक्षा व्यवस्थापनमा कमजोरी रहेको आशंका जन्माएको छ।
एक सय ५५ किलो गाँजा कहाँबाट ल्याइएको थियो ? कहाँ पु¥याउने तयारी थियो ? यसको वास्तविक मालिक को हो ? ओसार पसारमा चालक मात्रै संलग्न थिए वा यसका पछाडि संगठित गिरोह नै सक्रिय छ ? यस्ता गम्भीर प्रश्नको जवाफ प्रहरीले सार्वजनिक गर्न आवश्यक नरहेपनि अनुसन्धान गर्नुपर्ने देखिन्छ ।
लागूऔषध कारोबार कुनै एक व्यक्तिको संलग्नतामा मात्र सीमित हुने विषय होइन।यसको पछाडि आर्थिक लाभका लागि सक्रिय सञ्जाल,कारोबारी र संरक्षणकर्तासमेत हुन सक्ने भएकाले घटनाको गहिरो अनुसन्धान आवश्यक रहेको पूर्व प्रहरी अधिकारीहरु नै बताउँछन् ।उनीहरुका अनुसार सवारीसाधन र गाँजा बरामद गरेर मात्रै प्रहरीको जिम्मेवारी पूरा हुँदैन।फरार चालकको खोजी गर्नु,गाँजाको स्रोत पत्ता लगाउनु र कारोबारमा संलग्न सम्पूर्ण सञ्जाललाई कानुनी दायरामा ल्याउनु प्रहरीको मुख्य दायित्व हो।
अर्कोतर्फ, प्रहरीको नियन्त्रणमा आएको सवारीसाधनका चालक कसरी फरार भए भन्ने विषयमा पनि स्पष्ट जवाफ आवश्यक छ।प्रहरीको निगरानी,घेराबन्दी र नियन्त्रण प्रक्रियामा कहाँ कमजोरी भयो ? घटनास्थलमा खटिएका सुरक्षाकर्मीको भूमिका के थियो ? यी विषयमा सम्बन्धित प्रहरी निकायले तथ्यसहित जवाफ दिनुपर्ने जानकारहरु बताउँछन् ।
उनीहरुका अनुसार लागूऔषध नियन्त्रणका नाममा समय समयमा बरामद् भएका विवरण सार्वजनिक गर्ने तर मुख्य कारोबारीसम्म पुग्न नसक्ने तथा नचाहने प्रवृत्तिले अपराध नियन्त्रण हुँदैन।बरामद गरिएको गाँजाको परिमाण सार्वजनिक गरेर मात्रै प्रहरीको सफलता मापन गर्न मिल्दैन। अपराधको जरोसम्म पुगेर दोषीलाई कानुनी कठघरामा उभ्याउन सक्नु नै वास्तविक सफलता हो।
एक सय ५५ किलो लागु औषध गाँजा बरामद भएको घटनालाई सामान्य उपलब्धिका रूपमा सीमित नगरी यसको निष्पक्ष र गहिरो अनुसन्धान हुनुपर्छ।भगाईएका चालक तत्काल पक्राउ पर्नुपर्छ।अन्यथा,गाँजा बरामद भयो तर कारोबारी उम्किए भन्ने आशंका जनमानसमा कायम रहनेछ।लागु औषध गाँजा त प्रहरीले समात्यो,तर चाकल कसरी उम्कियो ? यसको जवाफ कसले दिने ?यता,कारका चालक र धनीको खोजतलासको काम भई रहेको र नियन्त्रणमा लिइएको कार सहित लागु औषधको सवालमा सुक्ष्म तरिकाले अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।