Close This

कांग्रेसको अधिवेशन गराउन सर्लाही आएका तेस्रो निर्वाचन अधिकृत राउत फिर्ता गए , शुक्रबार हुने भनिएको प्रतिनिधि तथा प्रदेश अभिवेशन अन्यौलमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-१६ गते   ८१५ पटक हेरिएको

नेपाली काँग्रेसको अधिवेशन गराउन सर्लाही आएका तेस्रो निर्वाचन अधिकृत पनि निर्वाचन गराउन नसकि काठमाण्डौं फर्किएका छन् । पार्टीकै दुई समूहबीच पटक–पटक भएको विवाद र झडपपछि अधिकांश वडाहरुमा अधिवेशन गराएका निर्वाचन अधिकृत भरत राउत बाँकी अधिवेशन गराउन नसक्ने भन्दै बिहीबार(आज) काठमाण्डौं फर्किएका हुन् ।
निर्वाचन अधिकृत राउतले आफू काठमाण्डौं पुगिसकेको बिहीबार(आज) अपरान्ह करिब ५  बजे जानकारी दिनु भयो । दुई पक्षबीचको विवादले वडा अधिवेशन गराउन नसक्ने भन्दै यसअघि पनि दुई जना निर्वाचन अधिकृत सर्लाहीबाट फिर्ता भएका थिए । 
निर्वाचन अधिकृत फर्किएपछि भोली(शmुबार)का लागि तय भएको नेपाली कांग्रेस सर्लाहीको प्रतिनिधि तथा प्रदेश सभा अधिवेशन अन्यौलमा परेको छ । (शुक्रबार)भोलीको अधिवेशन गराउन शुक्रबार साँझसम्म नयाँ निर्वाचन अधिकृत खटाइने भएको छ  । नेपाली कांग्रेस सर्लाहीमा संस्थापन र संस्थापनइतरको सदस्यता विवादका कारण पटक पटक छलफल तथा वार्ता गर्दा पनि अधिवेशन हुन सकेको छैन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech