सर्लाहीको लालबन्दी नगरपालिका १५ को देउरालीमा नेकपा९माओवादी केन्द्र०को गाउटोल कमिटीको कार्यक्रम सम्पन्न भएको छ । माओवादी केन्द्र लालबन्दी नगरपालिका १५ देउरालीमा हस्त बहादुर मोक्तानले अध्यक्षता तथा लालबन्दी नगर कमिटीका उपाध्यक्ष तथा लालबन्दी नगरपालिका १६ का वडा वडाध्यक्ष गणेश थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नगर सह सचिब हेम बहादुर कार्की, वडा कमिटीको अध्यक्ष तिलक रेग्मी मगर, वडा नम्बर १५ का वडाध्यक्ष गोरख बहादुर बल, वडा सदस्य कान्छिमाया जिम्बा, वडा सदस्य कृष्णराज थोकर, नगर कमिटि सदस्य मान बाहादुर थिङ्ग, सुभन्द्रा कुमारी गोले लगायतको आतिथ्यता रहेको प्रेस सेन्टर नेपाल सर्लाहीका उपा अध्यक्ष राजेश थापाले जानकारी दिनु भयो ।
आगामि बैशाख ३० गते हुने स्थानिय निकायको निर्वाचनमा सबै तह र तप्का मिलेर पार्टीले घोषणा गरेका उम्मेदवारहरुलाई जिताउनु पर्ने कार्यक्रमका अतिथिहरुले बताएका छन् । कार्यक्रममा लालबन्दी नगरपालिका १५ का वडा अध्यक्ष गोरख बहादुर बलले आफ्नो साढे चार बर्षे कार्यकालमा स्वास्थ्य, शिक्षा, सडक, खानेपानी विद्युत लगाका क्षेत्रमा गरेको कामको बारेमा चर्चा गनू भएको थियो । उहाँले वडाबासीको माया ममता साथ र सहयोगका कारण आफ्नो चार वर्षेकार्यकाल सफल भएको बताउनुृ भयो ।