कांग्रेसले उठाएका माग सम्वोधन गर्ने नगर प्रमुख खड्काको प्रतिवद्धता

3k Shares

सर्लाहीको लालबन्दी नगरपालिकाले नेपाली कांग्रेस लालबन्दी नगर समितिले उठाएका माग सम्वोधन गर्ने प्रतिवद्धता जनाएको छ । नगर प्रमुख मानबहादुर खड्काले शुक्रवार कांग्रेसका नेताहरुसँग छलफल गर्दै नगरपालिकामा खर्चको पारदर्शिताको विषयमा उठाइएका मागहरु सम्वोधन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कांग्रेसले असार १० गते नगर सभा चलिरहेको समयमा विभिन्न ७ बुँदे माग राखेर नगर प्रमुख खड्कालाई ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराएको थियो । कांग्रेसले जनप्रतिनिधि निर्वाचित भएर आएदेखि नगरपालिकामा भए÷गरेका हालसम्मका खर्च सार्वजनिक गर्नुपर्ने, नगरको योजना व्यक्ति र जनप्रतिनिधि निकटका व्यक्ति भन्दा पनि नागरिक मुखी हुनुपर्ने लगायतको माग राखेको थियो ।
नगर प्रमुख खड्काले आगामी साउन १५ गतेभित्र कांग्रेसले उठाएका मागहरु सम्वोधन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको लालबन्दी नगरपालिका ८ का वडा अध्यक्ष तथा नगर प्रवक्ता राजन कुमार श्रेष्ठले जानकारी दिनु भयो । छलफलमा नेपाली कांग्रेस लालबन्दी नगर सभापति प्रशान्त आचार्य, महा समिति सदस्य दिपक अधिकारी, महा समिति सदस्य हरि गोले, महाधिवेशन प्रतिनिधि इन्द्र योन्जन, नगर सदस्य कुमार पुरीलगायतको उपस्थिति रहेको नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ सर्लाहीका नेता मनोज बख्रेलले बताउनु भयो ।

सम्बन्धित समाचार