Close This

लायन्स क्लब अफ लालबन्दी सिटीको अध्यक्षमा न्यौपाने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-३-१४ गते   ४३६ पटक हेरिएको

सर्लाहीको लालबन्दीमा रहेको सामाजिक संस्था लायन्स क्लब अफ लालबन्दी सिटीको अध्यक्षमा राजकुमार न्यौपाने चयन हुनु भएको छ ।

शनिवार भएको नेतृत्व हस्तान्तरण कार्यक्रमबाट न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरिएको लायन्स क्लब अफ लालबन्दी सिटीले जनाएको छ ।यस्तै क्लबको सेक्रेटरीमा नारायण दाहाल, कोषाध्यक्षमा चिरञ्जीवी खतिवडा चयन हुनु भएको छ । क्लबले यस क्षेत्रमा विभिन्न किसिमका सामाजिक काम गर्दै आइरहेको छ ।

नवनिर्वाचित अध्यक्ष न्यौपानेले क्लबले आगामी दिनमा यसैगरी अशक्त तथा असहाय र विपन्न वर्गका मानिसलाई विभिन्न किसिमको सहयोग गर्नुका साथै अन्य किसिमको सामाजिक कामलाई निरन्तरता दिँदै जाने बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech