तिवारी हत्या प्रकरणको अनुसन्धानमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्र.ना.उ.बस्नेतसहित ५ प्रहरी पुरस्कृत

153 Shares

झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रमा तिवारीको हत्यामा संलग्न आरोपीलाई पक्राउ गर्न सफल पाँच जना प्रहरी कर्मचारीहरु पुरस्कृत भएका छन्।दमक नगरपालिका–८ की तिवारीको हत्या आरोपमा भारतीय नागरिक राकेश कुमार पण्डितलाई इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख एवम प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतको नेतृत्वको प्रहरी टोलीले पक्राउ गर्न सफल भएको थियो ।
तिवारीको हत्यापछि फरार रहेका पण्डितको खोजी कार्यमा सक्रिय भएको प्रहरी टोलीले नौ दिनसम्म गहन अनुसन्धान गर्दै अभियुक्तलाई कानुनी दायरामा ल्याउन सफल भएपछि जिल्ला प्रहरी काार्यलय झापाकी प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक वसुन्धरा खड्काले नगदसहित सम्मान र पुरस्कृत गरेकी जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कार्यालयका अनुसार केही दिन पहिला मात्रै ईलाका प्रहरी कार्यालय दमकमा हाजिर भएका प्रहरी नायव उपरीक्षक बस्नेत सहित प्रहरी निरीक्षक विपन वि.क.,प्रहरी हबल्दार ज्ञान बहादुर बस्नेत,सहायक हबल्दार विरेन्द्र तामाङ र प्रहरी जवान सविन मगर सम्मानित तथा पुरस्कृत भएका हुन ।
प्रहरी प्रमुख खड्काले आफ्नो जिम्मेवारीप्रति अडिग रही जटिल प्रकृतिको अपराधलाई छोटो समयमा नै निष्कर्षमा पु¥याएको भन्दै अनुसन्धानमा खटिएको टोलीको उच्च प्रशंसा गरिन्। यस्ता कार्यले समाजमा प्रहरीप्रतिको विश्वास र सुरक्षाको प्रत्याभूति बढाउने विश्वास लिइएको उनले बताईन् ।

सम्बन्धित समाचार