सर्लाहीको लालबन्दी नगरपालिका १ स्थित नन्देश्वर महादेव सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्र अतिक्रमणको सिकार भएको पाइएको छ।लालबन्दी नगरपालिका १ स्थित सामुदायिक वन उपभोक्ता समुहले २०७९ असार ०६ गते आफ्नो भवन निर्माण गर्नका लागि भन्दै निर्णय गरेकोमा उक्त स्थानमा अन्य समुहले आफुखुसी आफ्नो संरचना निर्माण गर्न थालेपछि लालबन्दी नगरपालिका १ स्थित नन्देश्वर महादेव सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्र अतिक्रमणको सिकार भएको पाइएको हो ।
सामुदायिक वन समुहले आफ्नो भवन निर्माण गर्ने भन्दै निर्णय गरेको भएपनि लालबन्दी नगरपालिका १ ले २०८१ चैत्र १४ मा चलानी नम्बर १४९० राखी नेपाल पत्रकार महासंघ सर्लाही शाखाको अपुरो भवन निर्माणका लागि भन्दै खेलकुद तथा समाज कल्याण मन्त्रालय मधेश प्रदेश अन्र्तगत सामाजिक विकास ईकाईलाई सिफारिस गरेपछि सामुदायिक वनक्षेत्रको अतिक्रमण कार्यमा वडा अध्यक्ष हरि बहादुर भट्टराईको प्रत्यक्ष संग्लग्नता रहेको रहस्य बाहिरिएको हो । सो सिफारिस पत्रमा“आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक कार्यक्रम अनुसार लालबन्दी नगरपालिका १ मा पत्रकार महासंघको अधुरो भवन निर्माण कार्य लालबन्दी नगरपालिका १ सर्लाहीको लागि शिर्षक नं.३११५९ कार्यक्रम संकेत नं.११.४.२२.६८५ मा बजेट रु २५ लाख विनियोजन भएकोले उक्त पत्रकार महासंघको अधुरो भवन निर्माणको लागि चैत्र १० गते टंक बहादुर क्षेत्रीको अध्यक्षतामा सुजन चालिसे सचिव,विना श्रेष्ठ कोषाअध्यक्ष सहित सदस्यहरु सोम दियाली,रिना आले मगर, घनश्याम बलम्पाकी र पंकज कुमार कर्ण सदस्य रहेको उल्लेख गरिएको छ ।
सामुदयिक वन समुहले आफ्नो भवन बनाउन भन्दै निर्णय गर्नु तर नेपाल पत्रकार महासंघ सर्लाही शाखाले आफु खुसी कसैसंग पनि समन्वय नगरी आफ्नो भवन बनाउन थालेको पाइएपछि सव डिभिजन वन कार्यालय लालबन्दीले २०७९ भदौ ५ गते नै एक सूचना टाँस गरी लालबन्दी नगरपालिका १ स्थित नन्देश्वर महादेव सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्र भित्र विनाई जाजत घर बनाउने उद्धेश्यले घरको जग बनाउने कार्य भएको देखिँदा वन ऐनको दफा ४९(ग) बमोजिम राष्ट्रिय वन फाँड्ने वा वन क्षेत्रको जग्गा जोत्ने, खन्ने,खनिज कार्य उत्खन्न गर्ने, आवाद गर्ने,सडक तथा अन्य पुर्वाधार निर्माण गर्ने,घर वा छाप्रो बनाउने,व्यवसाय सञ्चालन गर्ने र वन अतिक्रमण गर्ने काम गरे वा गराएमा वन ऐन २०७६ को वर्खिलाप हुने भएकाले उक्त संरचना(जग)सूचना प्रकाशन भएको मितिले सात दिन भित्रमा हटाउन भत्काउनको लागि भन्दै एक सूचना टाँस गरेको थियो।त्यसपछि रोकिएको सो संरचना निर्माणको कार्य फेरी सुरु हुन लागेको त्यस कार्यमा लालबन्दी नगरपालिका १ का वडा अध्यक्ष भट्टराईले सिफारिस दिएपछि उनको समेत संग्लग्नतामा वन अतिक्रमणको काम हुने गरेको रहस्य बाहिरिएको हो ।
सामुदायिक वनले आफ्नो भवन बनाउने भनेर निर्णय गरेको भएपनि नेपाल पत्रकार महासंघ सर्लाही शाखाका निर्वतमान अध्यक्ष क्षेत्रीको अध्यक्षतामा समिति गठन भएर काम गर्ने प्रक्रिया सुरु भएको पाईएपछि लालबन्दी नगरपालिका १ स्थित नन्देश्वर महादेव सामुदायिक वन उपभोक्ता समुहलाई सो विषयमा जिज्ञासा राख्दा सो भवन कसको र कुन प्रयोजनाका लागि निर्माण हुन लागेको भन्ने थाहा नभएको समितिका सचिव हरि कार्कीले बताए ।
त्यसैगरी,सो भवन निर्माण गर्ने क्रममा यस अघिनै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परि मुद्धा विचारधिन अवस्थामा रहेको समेत स्रोतले जनाएको छ।सो क्षेत्र लालबन्दी नगरपालिका १ स्थित नन्देश्वर महादेव सामुदायिक वन उपभोक्ता समुहको घाटगद्धी हो ।यता, सो विषयमा डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका प्रमुखएवम डिभिजन वन अधिकृत सन्तोष कुमार झालाई सोध्दा उनले सो भवन निर्माण गर्ने भनेको परको कुरा रहेको बरु सो क्षेत्रमा अतिक्रमण भएको वन क्षेत्र खाली गराउने तयारीमा कार्यालय रहेको बताए ।