Close This

लालबन्दी नगरपालिका १३ मा तीज विषेश सांस्कृतिक कार्यक्रम सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-२१ गते   २८६१ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १३ ले आफ्नो वडामा तीज विषेश सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । १७ वटा वडा रहेको लालबन्दी नगरपालिकामा अरु वडामा वडा विषेश कार्यक्रम नभएको समयमा परम्परागत संस्कृतीको संरक्षण र भातृत्व कायम होस भन्नका लागि आफ्नो वडाले तीज विषेश सांस्कृतिक कार्यक्रमको आयोजना गरेको वडा नम्बर १३ का वडा अध्यक्ष शिवकृष्ण वैद्यले बताउनु भयो ।
वडा अध्यक्ष बैधको अध्यक्षतामा भएको तीज विषेश कार्यक्रममा पुर्व राज्मन्त्री शम्भुलाल श्रेष्ठकोप्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी पुर्वराज्य मन्त्ती श्रेष्ठले विगतका दिनमा पनि यस्ता खालका कार्यक्रमहरुले निरन्तरता पाउनु पर्ने र सांस्कृतिक सम्पदा तथा परम्परागत रितीरिवाज तथा संस्कृतिको संरक्षमा सबैको ध्यान जानु आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रमका अध्यक्ष तथा वडा अध्यक्ष वैद्यले यस्ता खालका कार्यक्रमहरुबाट आफ्ना माईती नहुने चेलीहरुले दर खानलाई कहाँ जाने भन्ने चिन्ताबाट मुक्त भएका र त्यस्ता चेलीहरुका लागि यो तीज विषेश कार्यक्रमले थप सौहार्दता प्रदान गरेको बताउनु भयो ।

 लालबन्दी नगरपालिका १३ मा रहेको होलिडे रिर्साेटमा भएको कार्यक्रममा वडाका निर्वाचीत जनप्रतिनिधिहरु,स्थानिय महिला  आमा दिदी बहिनीहरुका साथै समाजसेवी, वडाका युवाहरुको विषेश उपस्थिती रहेको लालबन्दी नगरपालिका १३ का वडा सदस्य मोहन कुमार राउतले जानकारी दिनुभयो । कार्यक्रममा महिला  समाजसेवी सरस्वती श्रेष्ठ,लालबन्दी १३ का वडा सदस्य मोहन राउत . महिला सदस्य गगा माया यस्माली र युबा नेता नारायण श्रेष्ठले आफ्नो धारण राख्नु भएको थियो । भने लालबन्दी नगरपालिका १३ की कृष्टीना मोक्तानले कार्यक्रम सञ्चालन गर्नु भएको आयोजकले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech