बागमती नदी ठेक्का नलाग्दै अवैधरुपमा ढुंगा संकलन र निकासी

329 Shares

रौतहटको चन्द्रपुर नगरपालिका १ स्थित बागमती नदी किनारमा सयौँ घनमिटर ढुंगा उत्खनन् गरेर भण्डार गरिएको छ ।चन्द्रपुर नगरपालिकाले बागमती नदीमा हाल सम्म पनि ठेक्का नलागएको भएपनि अवैध तरिकाबाट उत्खनन् गरी सयौँ घनमिटर ढुंगा उत्खनन् गरेर भण्डार गरिएको पाइएको छ ।नगरपालिकाले नदी ठेक्का नलगाएपनि ढुंगा अबैधरुपले उत्खनन गरेर भण्डार गरिँदा समेत नगरपालिका सहित सरोकारवाला निकाय मौन बसेका पाइएको छ।नदि किनारमा थुपारीएको सयौं घनमिटर ढुंगा सम्बन्धित निकायले जफत गर्नुपर्ने भएपनि सरोकारवाला निकाय नै मौन बस्नुले उनीहरुको मिलेमतोमा नदी ठेक्का नलगाएपनि ढुंगा अबैधरुपले उत्खनन गरेर भण्डार गरिँएको स्थानीयले आशंका गर्न थालेका छन् ।
अवैद्य रुपमा नदीबाट उत्खनन् गरेर बागमती किनारको दोभान सामुदायिक वन क्षेत्रमा भण्डार गरिएको ढुंगा संकलनकर्ताहरु र व्यवसायीहरुले विक्री वितरण समेत गर्दै आएको अवस्थामा सरोकारवाला निकाय चन्द्रपुर नगरपालिका,डिभिजन वन कार्यालय रौहतट र स्थानीय प्रहरी प्रशासन मौन देखिँदा उनीहरुको मिलेमतोमा सो काम भएको आफुहरुलाई शंका लागेको स्थानीयले बताएका छन् ।नियम विपरित संकलन गरेर राखिएको ढुंगा नगरपालिकाले जफत गर्नुपर्ने स्थानीयको माग छ ।डिभिजन वन कार्यालय रौतहटका सहायक वन अधिकृत सुरेश महतोले नियम बिपरित नदी किनारमा उत्खनन् र संकलन गरेर राखेको ढुंगाको विषयमा अनुसन्धान भइरहेको बताए ।

सम्बन्धित समाचार