सर्लाही क्रीकेट लिग सिजन २ को सेमीफाइनल खेल बिहीबारबाट हुने

287 Shares

सर्लाही क्रीकेट संघले मलंगवामा आयोजना गरेको सर्लाही क्रीकेट लिग सिजन २ अन्र्तगत मंगलबार भएको खेलमा अन्नपूर्ण टिमले माँ जानकीलाई नौ विकेटले पराजित गरेको छ ।टस जितेर व्याटिङ गरेको माँ जानकीले १८ दशमलव तीन ओभरमा अलआउट हुँदै एक सय सात रन बनाएको थियो ।
माँ जानकीका लागि राहुल कुमार महतोले सर्वाधिक ३१ रन बनाए भने अन्नपूर्णका लागि अलि हसन,संदिप खड्का र विनोद खड्काले समान दुई÷दुई विकेट लिए । एक सय आठ रनको विजयी लक्ष्यसहित जवाफी व्याटिङ गर्न आएको अन्नपूर्णले १० दशमलव दुई ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।
अन्नपूर्णको लागि परिमार्जन यादवले नटआउट रहँदै ५४ रन बनाए।माँ जानकीका लागि राहुल यादवले मात्र विकेट लिए।खेलको म्यान अफ द म्याच अन्नपूर्णका परिमार्जन यादव भएका छन् ।आजको खेल कञ्चनजंघा र अन्नपूर्णको बीच हुने आयोजक सर्लाही क्रीकेट संघका अध्यक्ष माधव कर्माचार्यले जानकारी दए ।उनका अनुसार प्रतियोगिताको दुबै सेमीफाइनल खेल बिहीबार र फाइनल खेल शनिवार हुने छ ।

सम्बन्धित समाचार