पत्रकार महासंघ सर्लाहीको नयाँ नेतृत्वलाई कांग्रेस सर्लाहीको सम्मान

342 Shares

नेपाल पत्रकार महासंघ जिल्ला शाखा सर्लाहीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई नेपाली कांग्रेस सर्लाहीले सम्मान गरेको छ।हरिवन नगरपालिका ११ स्थित सगुन बचत तथा ऋण सहकारी संस्था लि.को सभा हलमा एक कार्यक्रमको आयोजना गरी नेपाली कांग्रेस सर्लाहीले महासंघको नयाँ नेतृत्व तथा सदस्यहरुलाई सम्मान गरेको नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहले जानकारी दिए ।
नेपाली कांग्रेस सर्लाहीका सभापति सिंह,सचिव निरोज कार्की,कोषाध्यक्ष विगुु प्रसाद चौधरीलगायतको विशेष उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी पत्रकार महासंघको जिल्ला शाखाका नवनिर्वाचित अध्यक्ष ओम प्रकाश ठाकुरसहित अन्य पदाधिकारी र सदस्यलाई सम्मान पत्र सहित सम्मान गरिएको नेपाली कांग्रेस सर्लाहीले जनाएको छ ।
जिल्ला सभापति सिंहले हस्ताक्षर गरेको सम्मान–पत्रमा सत्य,तथ्य तथा निष्पक्ष रुपमा सदैव कलम चल्नेछ भन्ने कामनासहित सफल कार्यकालको शुुभकामना व्यक्त गरिएको सचिव कार्कीले बताए ।यही मंसिर २८ गते शुक्रबार देशव्यापी निर्वाचन गरी महासंघको जिल्ला,प्रदेश तथा केन्द्रका पदाधिकारीहरुका साथै सदस्यहरु तीन वर्षे कार्यकालका लागि चुनियका हुन ।

सम्बन्धित समाचार