162
Shares
नेपाल प्रहरीका तीन जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरिएको छ। गृहमन्त्री ओम प्रकाश अर्यालले तीन जना डीआईजी सरुवाको निर्णय गरेका हुन ।जसमा कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरमा डिआईजी विनोद घिमिरे,प्रदेश समन्वय विभागमा दिलिप सिंह देउवा र महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा डिआईजी दीपककुमार बस्नेतलाई सरुवा गरिएको छ।
यसअघिका कोसी प्रदेश प्रहरी प्रमुख ईश्वर कार्की एआईजीमा बढुवा भएसँगै कोसी प्रदेशमा प्रहरी प्रमुख रिक्त रहेको थियो।भरखरै एआईजी भएका कार्कीलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन गर्ने गृह मन्त्रालयले निर्णय गरेको छ।