ज.ज.क. मुद्धाका फरार कैदी सर्लाहीबाट पक्राउ

182 Shares

भदौ २३ र २४ गते भएको जेन जी पुस्ताको आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक कैदीलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ।जवरजस्ती करणी मुद्दामा १२ वर्ष कैद सजाय तोकिएका र जिल्ला कारागार कार्यालय रौतहटमा कैद भुक्तान गरिरहेका रौतहटको दुर्गाभगवती गाउँपालिका  ५ वडहर्वा टोल निवासी अन्दाजी २९ वर्षीय शेरु साह भनिने दिपेश साह सोनारलाई ईश्वरपुर नगरपालिका ६ बयलवास बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसार उनी २०८२ भदौ २४ गते जेन जी पुस्ताको आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए।फरार रहेकै अवस्थामा उनलाई लुकीछिपी बसेको अवस्थामा इश्वरपुर नगरपालिका ६ बयलवास बजारमा फेला पारिएको हो।सोमबार दिउँसो करिब १ बजे उनलाई प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो।पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि जिल्ला कारागार कार्यालय रौतहट पठाइएको छ ।

सम्बन्धित समाचार