Close This

मन्त्री पहाडीका १३ दिनमा १३ निर्णय,पार्टी एकताका लागि प्रयास गर्ने प्रतिवद्धता

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-९ गते   ३८८७ पटक हेरिएको

 सामान्य प्रशासन मन्त्री सांसद गणेश कुमार पहाडीको १३ दिनमा १३ काम गर्नु भएको छ । उहाँ यहि जेठ २७ देखि असार ८ गते सम्म  नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्नु भएको थियो । उहाँले “सुखी नेपालीः समृद्ध नेपाल” बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको अभियानलाई साथ दिनु भएको थियो ।
सर्वोच्च अदालतको पछिल्लो फैसलाका कारण मन्त्री पद गुमाउनु भएका निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री पहाडीले १३ दिनमा १३ वटा निर्णय गर्नु भएको छ । 
जसमा पहिलो स्थानीय बजेट तथा कार्यक्रम तर्जुमा समिति र अनुगमन तथा सुपरीवेक्षण समितिको कार्यसंचालन कार्यविधी (नमूना) मस्यौदा निर्माण÷स्वीकृत, दोस्रो स्थानीय विपद जोखिम न्यूनिकरण रणनीतिक कार्ययोजना तर्जुमा दिग्दर्शन, २०७८ निर्माण÷स्वीकृत,तेस्रो स्थानीय तहको परियोजनाका लागि जग्गा प्राप्ती सम्बन्धी (पोखरा महानगरपालिका समेत १२ स्थानीय तहको)  प्रस्ताव मन्त्रिपरिषद्मा पेस,चौथो स्थानीय राजश्व परामर्श समितिको कार्यसंचालन कार्यविधि (नमूना) मस्यौदा निर्माण÷स्वीकृत, पाँचाँै गाउँपालिका÷नगरपालिका कार्यविधि (नमूना) मस्यौदा निर्माण÷स्वीकृत छौठौँ वीर अस्पतालको ओ एण्ड सर्भे सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पेस,सातौँ बहुक्षेत्रीय पोषण कार्यक्रम विस्तार सम्वन्धी मापदण्ड निर्माण÷स्वीकृत र आठौँ ग्रामीण सडक संजाल सुधार आयोजनाका सडक प्राथमिकीकरण सम्वन्धी मापदण्ड निर्माण÷स्वीकृत लगायत रहेका छन् । 
त्यसैगरी कर्मचारी कल्याणका माइलस्टोनमा उल्लेखित कार्यक्रम कार्यन्वयन कार्यदल निर्माण सार्वजानिक खरिदमा कन्टिजेन्सी रकम खर्चलाई व्यवस्थित गर्ने निर्देशिका २०७७ निर्माण÷स्वीकृत,विभिन्न कार्यविधि÷निर्देशिका संशोधन सम्वन्धमा (उत्तरी क्षेत्र पूर्वाधार विकास तथा जनस्तर सुधार÷प्रादेशिक एवं स्थानीय सडक निर्माण सुधार÷ प्रशासकीय भवन पूर्वाधार विकास कार्यक्रम÷तराई मधेश समृद्धि कार्यक्रम) विनियोजन ऐन र सुशासन ऐनको व्यवस्था , स्थानीय विपद प्रतिकार्य योजना (नमूना) मस्यौदा प्रतिवेदन स्वीकृत र तोर्हौँ उच्च पहाडी तथा हिमाली क्षेत्र समृद्धि कार्यक्रमको कार्यदल गठन लगायतका निर्णय गर्नु भएको छ ।
संसदीय राजनीतिमा करिव एक दशक र पार्टी जीवनमा झण्डै चार दशक लामो  अनुभवईिसक्नु भएका मन्त्री पहाडीले आफ्नो १३ दिनको कार्य अबधिमा १३ निर्णय गर्नु भएको हो । उहाँले आफ्नो १३ दिनको कार्य अबधिमा कर्मचारी सरुवा–बढुवा भन्दा पनि पहिले प्रणालीलाई व्यवस्थित बनाउन नीतिगत सुधारका काम गर्नु भएको हो  । 
त्यस्तै नीति प्रयोगशाला (पोलिसी ल्याब) निर्माण, संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) कानुन र सोको कार्यन्वयनको अवस्था अध्ययन गर्ने कार्य , स्थानीय तहका कर्मचारीहरुको सेवा सुविधा सम्वन्धी मापदण्ड निर्माणको काम पनि अगाडी बढाइएको मन्त्री पहाडीले बताउनु भयो । उहाँले पार्टी एकताको प्रयास गर्ने कमलामाई मिडिया प्रालीलाई  बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech