ईश्वरपुरमा चौंथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

308 Shares

सर्लाहीको ईश्वरपुर नगरपालिकामा सुरु भएको नगरस्तरीय चौंथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगता सम्पन्न भएको छ।इश्वरपुर नगरपालिकाको आयोजना तथा इश्वरपुर नगरपालिका ८ स्थित रहेको इश्वरपुर बेला मा।वि.रामनगरको व्यवस्थापनमा रामपुर खेल मैदानमा  आयोजना गरिएको प्रतियोगिता सम्पन्न भएको आयोजक इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले जानकारी दिए ।उनका अनुसार आइतबारदेखि सुरु भएको प्रतियोगितामा नगरभित्रका विभिन्न नौ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरुले सहभागिता जनाएकामा विभिन्न खेल विधामा सबैभन्दा बढी जित निकाल्ने नारायण मावि बयलवास पहिलो,इश्वरपुर बेला मावि रामनगर दोस्रो र लालिगुराँस आवासिय विद्यालय बयलवास तेस्रो भएका छन् ।
ति विद्यालयलाई नगदसहित शिल्ड,मेडल र प्रमाणपत्र वितरण गरिएको  इश्वरपुर नगरपालिकाको शिक्षा शाखाका प्रमुख हरि पसाद दाहालले जानकारी दिए।उनका अनुसार ईश्वरपुर बेला मा.वि.को व्यवस्थापन समितिका अध्यक्ष गणेश प्रसाद चौधरीको अध्यक्षता तथा नगरप्रमुख आचार्यको प्रमुख आतिथ्यतामा आयोजित प्रतियोगिताको समापन समारोहमा शिक्षा शाखा दिनेश लुुईटेल,निवर्तमान नगर उपप्रमुख एकावती देवी चौधरी,ईश्वरपुर नगरपालिका ८ का वडाध्यक्ष श्यामबहादुर थापा,नगर शिक्षक महासंघ इश्वरपुर नगर समिति अध्यक्ष लक्ष्मी बानियाँ लगायतको विशेष उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार