रकम अनियमितताको समाचार प्रति गाउँपालिकाको ध्यानाकर्षण,शिर्षक मात्र पढेर समाचार सम्प्रेषण गरिएको भन्दै आपति
संघीय सरकार र बाग्मती प्रदेश सरकारको समानिकरण अनुदान रकम सिन्धुलीको तीनपाटन गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले भागबण्डा गरेको भन्ने समाचार प्रति तीनपाटन गाउँपालिकाले आपति जनाएको छ ।
गाउँपालिका अध्यक्ष कर्ण बहादुर थापा मगर र उपा अध्यक्ष पदम माया तामाङ्गले संघिय सरकारको समानीकरण अनुदान नगद अन्र्तगतको १२ लाख ५० हजार रुपैंया भागवण्डा गरी एउटै वडामा योजना पारेर भाग वण्डा गरेको भन्ने समाचारको खण्डन गर्दै विज्ञप्ती जारी गरेको हो ।
संघिय सरकारको समानीकरण अनुदान नगद अन्र्तगतको १२ लाख ५० हजार रुपैंया गाउँपालिका अध्यक्ष थापालाई ७ लाख र उपा अध्यक्ष तामाङ्गलाई ५ लाख ५० हजार भाग लगाउने र वडा नं ११ मा रकम बाड्ने योजना बनाईएको भनी समाचार प्रकाशन भएको तर त्यसमा सत्यता नरहेको भन्दै गाउँपालिका अध्यक्ष थापाले विज्ञप्ती निकाल्नु भएको छ ।
चुनावी मैदानबाट तीनपाटन गाउँपालिकामा फरक राजनितिक दल नेपाली कंग्रेसबाट अध्यक्षमा थापा मगर र तत्कालीन नेकपा एमालेबाट उपाध्यक्षमा तामाङ्ग निर्वाचीत हुनु भएको थियो ।
आफुलाई लाभ हुनेगरी कुनैपनि योजना तथा रकमको भागबण्डाका साथै ठेक्का नलगाएको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।विधि र प्रक्रियाबाट गाउँपालिकाको विकासमा समय खर्च गरि रहेको समयमा पनि गाउँपालिका अध्यक्ष थापाउपाध्यक्ष तामाङ्ग र गाउँपालिकाकाको नै मान मर्दन हुने गरि समाचार सम्प्रेषण गरिएको भन्दै आफुहरुको गंभिर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
गाउँ सभाबाट स्विकृत तथा गाउँपालिका अध्यक्ष र उपा अध्यक्षको सिफारीसमा गाउँपालिकाका ११ वटै वडाहरुलाई “पाइप तथा सिमेन्ट खरिद शिर्षक”मा रकम विनियोजन गरिएको तर भुक्तानी हुन नपाउँदै शिर्षक मात्रै पढेर केही सञ्चार माध्यामहरुले अनियमितता भयो भनेर समाचार सम्प्रेषण गरेको प्रति गाउँपालिकाको ध्यानाकर्षण भएको विज्ञप्तीमा भनीएको छ । साथै आधार हिन समाचारमा विश्वास नगर्न गाउँपालिकाबासीलाई विज्ञप्ती मार्फत आग्रह पनि गरिएको छ ।