जिल्लामा ६ हजार स्वाब संकलन गरिने,लालबन्दी नगरपालिका अझै सुरक्षित

2.7k Shares

जिल्लाका सबै २० वटै स्थानिय निकायले तत्काल ६ हजार जनाको थ्रोट स्वाब संकलन गरेर कोरोना भाईरस(कोभिड १९) परीक्षण गर्ने भएका छन ।हरेक स्थानीय तहले समुदाय स्तरका कम्तीमा तीन सय जनाको थ्रोट स्वाब संकलन गरी कोरोना परीक्षण गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनुभयो ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले छिमेकी जिल्लाहरुमा समुदाय स्तरमै कोरोना संक्रमण फैलिन थालेपछि समुदाय स्तरका व्यक्तिहरुको कोरोना परीक्षण गराउने निर्णय गरेको हो ।‘समुदायको अवस्थाबारे जाँचबुझ गर्न नमूनाको रुपमा एउटा स्थानिय निकायले आफ्नो स्थानिय निकाय भित्र कम्तीमा तीन सय जनाको जाँच गराउने निर्णय गरिएको’ प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो । हाटबजारका व्यापारी, नापी, मालपोत कार्यालय लगायत भीडभाड हुने कार्यालयका कर्मचारीहरु, बैंक तथा बित्तीय संस्थाहरु र स्थानीय निकायका कर्मचारी, प्रहरी लगायतको थ्रोट स्वाब लिएर परीक्षण गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।
त्यस्तै नियमित लाग्ने हाट बजार बाहेक अस्थायी हाटबजार बन्द गर्ने र अनावश्यक आवागमनमा पनि नियन्त्रण गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । जिल्लामा पटक–पटक यस किसिमको निर्णय भएपनि प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन् । कोरोनाको संक्रमण बढ्दै जाँदा जिल्लामा लापरवाही चरम अवस्थामा पुगेको छ भने बजार, बैंक तथा वित्तीय संस्था र कार्यालयहरुमा सेवाग्राहीको अत्यन्त भीडभाड देखिँने गरेको छ । हेलचेक्र्याई बढेपनि जिल्लामा पछिल्ला दिनमा भने परीक्षण दायरा बढाइएको छैन् । केही समययता थ्रोट स्वाब संकलनको काम ठप्प जस्तै छ । 
त्यसैगरी जिल्लाका रहेका ११ नगरपालिका र ९ गाउँपालिका मध्ये लालबन्दी नगरपालिकामा मात्र अहिलेसम्म  कोरोना संक्रमित फेला नपरेको हो ।

जिल्लामा रहेका २० वटा स्थानियनिकाय मध्ये लालबन्दी कोरोना संक्रमित नरहेको एक मात्र स्थानिय निकाय रहेको छ । जहाँ जिल्लाका सुविधा सम्पन्न क्वारेन्टाईन निर्माण गरिएको छ । ‘क्वारेन्टाईनमा केही व्यक्तिहरु रहेका भएपनि अहिले सम्म एक जनामा पनि कोरोना संक्रमण नदेखिनु आफुहरुका लागि खुसीको कुरा भएको ’ नगर प्रमुख मान बहादुर खड्काले बताउनु भयो ।

सम्बन्धित समाचार