Close This

सर्लाहीमा नेकपा र कांग्रेस विच झडप हुँदा २ जना घाइते

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-९-२६ गते   ३९२ पटक हेरिएको

 सर्लाहीको चक्रघट्टा बजारमा रहेको सेड खाली गराउने विषयमा भएको विवादमा २ जना घाइते भएका छन् । गाउँपालिका कार्यालय  नजिकै रहेको बजारको सेड खाली गराउन गाउँपालिकाले पटक पटक भन्दा पनि व्यापारीहरुले नमानेपछि सो को विषयलाई लिएर भएको बिवादमा २ जना घाइते भएका सर्लाही प्रहरीले जनाएको छ ।
 सरकार बिरुद्ध प्रदर्शनका लागि बसेको गाउँपाकिलको बैठकमाथि प्रदर्शनकारीले ढुङ्गा प्रहार गरेका बताइएको छ । सोही ढुङ्गाले लागेर गाउँपालिकाको ना.१ झ. १७०० नं.को स्करपियो र केही मोटरसाइकलमा समेत क्षति भएको गाउँपालिकाले जनाएको छ ।
गएको बिहीबार बजारमा रहेको सेडमा विगत ८ वर्षदेखि लेथ मेसिन सञ्चालन गदै व्यापार गर्दै आइरहेका चक्रघट्टा गाउँपालिका ६ गोइयाहीका रामजिनिस साहलाई सेड खाली गर्न गाउँपाकिलाका अध्यक्ष अध्यक्ष विक्रम यादवले आग्रह गर्नु भएको थियो । तर अध्यक्ष यादवको पटक पटकको आग्रहलाई बेवास्था गर्दै व्यापारीले सेड खाली नगर्दा झडप भएको गाउँपालिकाको कार्यालयले जनाएको छ । 
सेड खाली गराउने कुनै निर्णय नै नगरी राजनितिक रिसीविका कारण गाउँपालिका अध्यक्ष यादवले आफुहरुलाई विस्थापित गर्न खोजेको व्यापारी साहका छोरा रबि साहले आरोप लगाएका छन् । गाउँपाकिला अध्यक्ष यादवले आफनो बुबालाई कार्यालयमा बोलाई गाली गलौच गरेको समेत उनले आरोप लगाएका छन् । कसैलाई खाली नगराई आफुलाई मात्र खाली गर्न भनेपछि आफुले पनि गाउँपालिकाको बोर्ड बैठकको निर्णय लिएर आए मात्रै खाली गर्ने भनेका साहको भनाई छ । बिहीवार अचानक बुबालाई गाउँपालिकामा बोलाएर अध्यक्ष यादवलले अभद्र व्यवहार गरेको रविको आरोप छ । आइतवार बिहान आफु गाउँपालिका कार्यालयमा गएर बुबालाई किन गाली गलौज गरेको भन्दा अध्यक्ष पक्षका ब्यक्तिहरुले कुटपिट गरेको उनको आरोप छ । अध्यक्ष यादवले पार्टीको केही व्यक्तिलाई पठाई बुबालाई रड र मुक्का प्रहार गरी गम्भिर घाईते बनाएका छन् । उहाँको अहिले सर्लाही अस्पतालमा उपचार भइरहेको छ । घाइतेका छोरा रविले बताए ।
गाउँपालिकाको कार्यालय नजिकै रहेको बजारमा अव्यवस्थीत रुपमा  व्यापार गरिएको र आफुहरुले पटक पटक हटाउन आग्रह गर्दा वेवास्था गर्नुको साथै  राजनीतिक रिसीवीले गाउँपालिका कार्यालयमा आक्रमण गरेको गाउँपालिका अध्यक्ष यादवले बताउनु भयो । व्यापारी साहलाई आफुले कुनै किसिमको गाली गलौच तथा अभद्र व्यवहार नगरेको अध्यक्ष यादवको दाबी  छ । सेडमा अस्पताल बनाउनु पर्ने भएकोले खाली गर्न आग्रह गरेका थियौं । तर, पटक पटकको आग्रहलाई उनले वेवास्था गर्दै आएका र पत्र पठाउदा समेत अटेर गरेका थिए अध्यक्ष यादवले बताउनु भयो । गाउँपालिकाको पत्रको कुनै सुनुवाई नगरी बेवास्ता गर्दै आएकोले आफुले सम्झाई बुझाइ मात्रै गरेको अध्यक्ष यादवको भनाई छ । तर, नेपाली काँग्रेस निकटका मानिसहरुले पार्टीको संघर्ष समिति गठन गर्नका लागि बोलाईएको भेलामा अचानक आक्रमण गर्दा झडपको स्थिती आएको उहाँको भनाई छ ।
४÷५ सयको संख्यामा आएका काँग्रेसका नेता तथा कार्यकर्ताहरुले अचानक आक्रमण गरेका गाउँपालिकाका अध्यक्ष  यादवले बताउनु भयो ।  प्रदर्शनकारीहरुले गाउँपालिकाको आफु चढ्ने ना १ झ १७०० नम्बरको सरकारी गाडी र तीन वटा मोटरसाइकलमा समेत तोडफोड गरेको उहाँको भनाई छ । गाडीमा रहेको ल्याप्टप, पाँचवटा ट्याब र गाउँ सभाका रजिष्टर समेत लुटेर लगेको अध्यक्ष यादवको आरोप छ । अध्यक्ष यादवले आफु बस्ने कोठा र प्रशासकिय अधिकृत बस्ने कोठाको दराज फोडेर समेत कागजातहरु लगेको दाबी गर्दै काँग्रेसबाट चुनाव जितेका २ वटा वडाध्यक्षको उस्काहटमा आक्रमण गरिएको बताउनु भयो । प्रहरी आउन ढिलाई भएको भए आफुहरुपनि आक्रमणकारीको चपेटामा पर्ने बताउदै प्रदर्शनकारीको आक्रमणबाट आफ्नो पार्टीका एक जना  कार्यकर्ता पनि घाइते भएका अध्यक्ष यादवले बताउनु भयो ।  उहाँका अनुसार चक्रघट्टा गाउँपालिका ७ का नविन राय घाइते भएका छन् । अवस्था अहिले समान्य बनेको छ । घटनास्थलमा व्यापक मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech