Close This

लक्ष्मीपूजाको भएको आगलागीबाट करिब ५६ लाखको क्षति

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-७-१९ गते   ४० पटक हेरिएको

सर्लाहीको इश्वरपुर नगरपालिका ७ मा लक्ष्मीपूजा गर्न बालिएको दियोबाट आगलागी हुँदा  ट्याक्टर सोरुम र एक घरमा लाखौँको धनमाल जलेर नष्ट भएको छ । बिहिवार राती १ बजेको समयमा ईश्वरपुर नगरपालिका–७, बयलवास बजारस्थित ब्रह्मबाबा चौकमा रहेको श्याम मैनालीको घरमा लक्ष्मीपूजा गर्न बालिएको दियोबाट आगलागी हुँदा  ट्याक्टर सोरुम र घरमा लाखौँको क्षेती भएको ईलाका प्रहरी कार्यालय बयलवास,केशरगन्जले जनाएको छ ।
आगलागीबाट मैनालीको काठ र टायलले छाएको दुई तले घर पूर्णरुपमा जलेको छ भने सोही घरको तल्लो तलामा कोठा भाडा लिई मिथिलेस महतोले संचालन गरेको मिनाक्षी टे«डर्स ट्याक्टरको सोरुममा समेत क्षति पुगेको ईलाका प्रहरी कार्यालय बयलवास,केशरगन्जका प्रहरी प्रमुख प्रहरी निरिक्षक जनकराज ढुंगानाले जानकारी दिनु भयो ।
आगलागीमा परेर सोरुमभित्र रहेको सुपर न्यू होल्यान्ड ३६३० मोडेल नम्वरको एउटा ट्याक्टर र सोरुमका अन्य पार्टपूर्जा पूर्णरुपमा जलेको छ भने अर्को ट्याक्टरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ । प्रारम्भिक विवरण अनुसार आगलागीबाट घर र ट्याक्टर सोरुममा गरी करिव रु ५५ लाख बराबरको क्षति भएको पाइएको प्रहरीले जनाएको छ ।स्थानीयवासी, प्रहरी र हरिवन तथा मलङ्गवा नगरपालिकाबाट गएको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
 यसैबीच, सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा बिहिवार राती विद्युत् सर्ट भएर एक घरमा आगलागी भएको छ । करिब ९ः ३०  बजेको समयमा ब्रह्मपुरी गाउँपालिका–३, भेल्हीका विनोद मुखियाको घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।  आगलागीबाट घरमा आंशिक क्षति पुगेको छ भने नगद, अन्नपात, कपडा लगायतका सामग्री जल्दा रु १ लाख ३५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech