मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरू मत माग्दै घरदैलोमा व्यस्त छन् । आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्न घरदैलोमा पुगेका उम्मेदवारसँग मतदाताले विभिन्न माग राख्ने गरेका छन् ।
सर्लाहीको बगमती नगरपालिका १२ मा बसोबास गरि रहेका सुकुम्बासीले आफुहरुलाई लालपुर्जा उपलब्ध गराउने उम्मेदवारलाई मतदान गर्ने बताएका छन् । बागमती नगरपालिका ४ र १२ मा वर्षौँदेखि बसोबास गरिरहेका सुकुम्बासीहरुले आफूहरूलाई बागमती नगरपालिकाले जमिन उपलब्ध गराएको बताउँदै अब पुर्जा दिनुपर्ने माग गरेका छन् । अहिले अधिकांश ती समुदायका व्यक्तिको जमिन र घर भए पनि त्यो घर भएको जग्गाको लालपुर्जा भने उनीहरूले पाएका छैनन् ।
बागमती नगरपालिका ४ र १२ का सुकुम्बासीहरुले जमिन बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले उपलब्ध गराएका भएपनि आफुले घर बनाएर बसेको जमिनको लालपुर्जा जसलेदिन्छ उसैलाई मतदान गर्ने बतएका छन् ।
“जुन उम्मेदवारले जमिन र लालपुर्जा दिने प्रतिबद्धतासहित विश्वस्त पार्छन् उनै उम्मेदवारलाई मतदान गर्ने आफूहरूको सोच बनाएको बागमती नगरपालिका १२ का स्थानियले बताए । उनले भने जमिन बागमती नगरपालिकाका नगर प्रमुख थापाले उपलब्ध गराए,अब यो जमिनको लालपुर्जा जसले दिन्छ उनै उम्मेदवारलाई मतदान गर्ने बताए । ”
बाग लोकतान्त्रीक गठबन्धनको तर्फबाट सर्लाही ३ का प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फका उम्मेदवार नरेन्द्र साह मतदाताको सुझाब संकलनका लागि बागमती नगरपालिका १२ मा पुग्दा उनिहरुले यस्तो बताएका हुन । बाग लोकतान्त्रीक गठबन्धनको तर्फबाट सर्लाही ३ का प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फका उम्मेदवार साहले बागमती नगरपालिकालेजमिन उपलब्ध गराएको र नगरपालिकासंग समन्वय गरि आफुले जमिनको लालपुर्जा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
स्थानिय निकायको निर्वाचन २०७४ पछि बागमती नगरपालिकाका नगर प्रमुख थापाको पहलमा बागमती नगरपालिका ४ र १२ मा करिब ७ हजार ५ सय घरधुरी सुकुम्बासीहरुको बसोबास व्यावस्थापन गरिएको छ । उनिहरुलाई आफुले चुनाव हारे वा जितेपनि लालपुर्जाको पहल गरिने बाम लोकतान्त्रीक गठबन्धनको तर्फबाट सर्लाही ३ का प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फका उम्मेदवार साहले बताएका छन् ।
समाजका नागरिकहरुको समस्या,दुःखमा आफु सहयात्री रहेर काम गर्न चाहेको र पहिला पनि सर्लाही ३ का नागरिकहरुको दुःखको सहयात्री रहेको बताउँदै आफुले चुनाव हारे वा जितेपनि लालपुर्जाको पहल गरिने बाम लोकतान्त्रीक गठबन्धनको तर्फबाट सर्लाही ३ का प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फका उम्मेदवार साहले प्रतिवद्धता जनाए ।