उष्ण प्रदेशिय बागवानी केन्द्र सर्लाहीले आँप तथा लिचीको ठेक्का आव्हान गरेको छ । लालबन्दी नगरपालिका १ मा रहेको उष्ण प्रदेशिय बागवानी केन्द्र नवलपुर सर्लाहीले आफ्नो बगैँचा भित्र उत्पादन भएको आँप र लिचीको ठेक्का आव्हान गरेको हो ।
चालु आर्थिक वर्ष ०७७÷०७८ मा आँप रु ३७ लाख ६९ हजार २ सयमा ठेक्काको आशय माग गरिएको छ । भने लिचीको रु ८ लाख ९० हजार ६ सय २५ मा ठेक्काको आशय माग गरिएको कार्यालयका कार्यालय प्रमुख पदम प्रसाद अधिकारीले जानकारी दिनु भयो ।
दक्षिण एशियाको दोस्रो ठुलो बागवानी केन्द्र नवलपुरमा लिची ८ लाख ९० हजार ६ सय २५ दाना फल्ने अनुमान गरिएको छ भने आँप १५ लाख ७० हजार दाना अर्थात ९४ हजार २ सय ३० केजी आँप फल्ने अनुमानका आधारमा केन्द्रले ठेक्को सुचना प्रकाशन गरेको जनाएको छ ।
लिची प्रति दाना रु १ रुपैँया पर्नेछ भने आँपको प्रतिकिलो रु ४० पर्ने केन्द्रले जनाएको छ । गत आर्थिक वर्षमा लिची रु ८ लाखमा र आँप रु १४ लाखमा ठेक्का लगाएको थियो । लक डाउनका कारण पनि गत आर्थिक वर्षमा केही कम मुल्यमा ठेक्का लागेको केन्द्रले जनाएको छ ।
केन्द्रमा दसहरी,अम्रपाली,मालदह,बम्बई,मलिका,बथुवा,जरमरे,अनवररतोल लगायतका जातका आँपहरु छन भने असारी ,बम्बई कलकतीय,किरलेस,चाईना,अर्लिलाजरेस लगायतका जातका लिचीहरु रहेका केन्द्रका सुचना अधिकारी रामकुमार यादवले जानकारी दिनु भयो । नेपालमा उत्पादन भएका आँप,चिलीहरुले छिमेकी देश भारतका बजारहरुमा पनि स्थान पाउने गरेका उहाँको भनाई छ ।