269
Shares
सर्लाहीको बरहथवा नगरपालिका १० स्थित कटानी जाने बाटोमा रहेको तेल कम्पनीमा आगलागी हुँदा करिब रु १२ लाखको क्षति भएको छ ।बरहथवा नगरपालिका १० स्थित कटानी जाने चोकमा आत्माराम रायले सञ्चालन गरेको ओमप्रकाश हर्बल इन्डष्ट्रिज प्रा.लिमा आगलागी हुँदा करिब १२ लाख बराबरको क्षेती भएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार आगलागीबाट उद्योगभित्र राखिएको विभिन्न सामग्री जल्दा रु १२ लाख ३२ हजार बराबरको क्षति भएको छ ।गएराति ११ बजेदेखि सुरु आगलागी नियन्त्रण गर्न तीन घण्टा भन्दा बढी समय लागेको प्रहरीले जनाएको छ ।स्थानीय,प्रहरी र दमकलको सहयोगमा तेल उत्पादक कम्पनीमा लागेको आगलागी नियन्त्रणमा लिइएको हो ।