खाना पकाउने ग्यास सिलिण्डर लिक भइ आगलागी हुँदा एकै परिवारका तीनजना घाइते

733 Shares

शंखर पहाडी(गौरब)
सर्लाहीको मलंगवामा शुक्रबार ग्यास सिलिण्डर लिक भएर आगलागी हुँदा एकै परिवारका तीन जना घाइते भएका छन् । मलंगवा नगरपालिका १० मा कोठा भाडामा लिएर बस्दै आएका ४० वर्षीय अहमद मन्सुरीको कोठामा खाना पकाउने क्रममा ग्याँस सिलिण्डर लिक भएर आगलागी भएको हो ।
कोठामा ग्याँस सिलिण्डर लिक भएर आगो सल्कँदा ९ महिनाको छोरीसहित अहमद र उनकी श्रीमती काजुल मन्सुरी जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार आगलागीको घटनालगत्तै पुगेको प्रहरी टोलीले मन्सुरी परिवारलाई उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पु¥याइएको र आगलागीबाट उनीहरुको शरीरको १५ प्रतिशत भाग जलेको चिकित्सकहरुले बताएका छन् ।

सम्बन्धित समाचार