लालबन्दी ५ मा जेसिविमा आगजनी,

175 Shares

सर्लाहीको लालबन्दी नगरपालिका ५ स्थित कालीन्जोर खोलामा नदीजन्य पदार्थ निकाली रहेको अवस्थमा एउटा जेसिविमा आगलागि भएको छ।लालबन्दी नगरपालिका ३ सिसवाका मोहन भण्डारीको बा.३.क.२९८६ नंम्बरको जेसिविमा शनिबार दिउँसो करिब सवा १२ बजे आगलागि भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार जेसिविमा आगलागि भएको खबर पाउना साथ पुगेको इलाका प्रहरी कार्यालय लालबन्दीको प्रहरी टोली,स्थानिय र दमकलको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा आएको हो ।
उनका अनुसार जेसिविका अप्रेटर लालबन्दी नगरपालिका १७ का रवि अधिकारीले आफु लालबन्दी नगरपालिका ३ सिसवा स्थित जेसिवि धनी भण्डारीको घरमा खाना खान गएको समयमा अचानक आगजनी भएको प्रहरीलाई बताएका छन् ।जेसिविमा आफै आगो लागेको हो की अन्य कुनै कारणले आगलागि भएको हो भन्ने विषयमा अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार