घरेलु कार्यालय मलंगवा २ को आफ्नै भवनबाट

321 Shares

घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीले अब आफ्नै भवनबाट सेवा प्रवाह गर्ने भएको छ । लामो समयदेखि भाडाको घरबाट सञ्चालन भइरहेको कार्यालयले मलंगवा नगरपालिमा २ मा निर्माण भएको आफ्नै भवनबाट सेवा सुरु गरेको हो ।आईतबार मधेश सरकारका उद्योग,वाणिज्य तथा पर्यटन मन्त्री वसन्त कुशवाहाले एक कार्यक्रमका वीच भवनको उद्घाटन गरेका कार्यालय प्रमुख संजिप कुमार दुब्बेले जानकारी दिए ।उनका अनुसार भाडाको घरबाट सेवा प्रवाह गर्नु पर्दा सेवाग्राहीहरु र कर्मचारीहरुलाई निकै सास्ती हुँदै आएकोमा अब आफ्नै भवनबाट सेवा प्रावह हुने भएपछि सहज हुने छ ।
हेम÷सावित्री जेभी जनकपुरले २०७८ सालबाट सुरु गरेको रु एक करोड ६४ लाख २७ हजार एक सय ८७ को भवन निर्माणको चरणमा विभिन्न किसिमका समस्याहरु देखिएपछि निर्माण सम्पन्न गर्न लामो समय लागेको थियो ।साँढे दुई तले भवन निर्माणको क्रममा जग्गाको विवाद देखिएपनि पछि सरोकारवालाले समस्या समाधान गरेपछि राम कविर मठले प्रदान गरेको दुई कठ्ठा जग्गामा कार्यालय भवन निर्माण गरिएको कार्यालय प्रमुख दुवेले बताए ।आफ्नै भवन निर्माण भएसँगै आगामी दिनमा सेवाग्राहीलाई कार्यालय खोज्दै हिँड्नुपर्ने बाध्यता अन्त्य भएको कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार