Close This

शीतलहर पीडितलाई राहत दिने प्रदेश २ सरकारको तयारी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-२० गते   १६३५ पटक हेरिएको

अत्याधिक चिसो बढेपछि प्रदेश २ सरकारले गरीब तथा विपन्नको लागि आवश्यक राहत दिने तयारी गरेकोे छ । प्रदेशको आन्तरिक मामिला,कानुन तथा सञ्चार मन्त्रालयले जाडोबाट बचाउन गरीब तथा विपन्नको लागि आवश्यक राहत दिने तयारी गरेकोे हो ।
जाडो प्रभावितलाई गरीब तथा विपन्नको लागि आवश्यक राहत स्वरुप कम्बल, न्यानो लुगा र दाउरा वितरण गर्ने तयारी गरेको मन्त्रालयले जनाएको छ । ‘चिसोबाट प्रभावितलाई गरीबतथा विपन्नहरुका लागि न्यानो लुगा र कम्बल वितरणको तयारी थालेका छौँ, आन्तरिक मामिला,कानुन तथा सञ्चार मन्त्री भरत प्रसाद साहले बताउनु भयो । उहाँका अनुसार 
केही दिनभित्रै प्रदेश २ का आठै जिल्ला जिल्लामा रहेका गरीब तथा विपन्न वर्गलाई कम्बल वितरण गर्ने कार्यक्रम तय गरिएको छ ।
शीतलहरूबाट जोगिन पूर्व तयारीको विषयमा प्रदेशका आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँग छलफल भएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेश २ का आठै जिल्लाका गरि १५ प्रतिशत जनता चिसोबाट प्रभावित हुँदै आएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech