Close This

आइसियू र भेन्टिलेटर प्रयोग बिहीन हुँदा सर्पदंशका बिरामीको उपचारमा समस्या

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-३ गते   ५९५ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा सर्पदंशका बिरामीको उपचारमा समस्या भएको छ । प्रदेश सरकारले उपलब्ध गराएको आइसियू र भेन्टिलेटर प्रयोग बिहीन हुँदा सर्पदंशका बिरामीहरुको उपचारमा समस्या सृजना भएको छ ।
सर्पदंशका विरामीहरु उपचारका ल्याउँदा आइसियू र भेन्टिलेटर प्रयोग बिहीन हुँदा बिरामी पक्षका मानिसहरु आक्रोसित समेत हुने गरेका छन् । केही समय पहिला सर्पदंशका बिरामी सर्पदंश उपचार केन्द्रमा ल्याउँदा आइसियू र भेन्टिलेटरको प्रयोग गर्न नसक्दा बिरामी ज्यान गएपछि स्थानियले आइसियू र भेन्टिलेटरमा तोडफोड समेत गरेका थिए ।
त्यसपछि झन थलिएको आइसियू र भेन्टिलेटर जडान भएको करिब ३ वर्ष हुँदा समेत प्रयोगमा आउन नसक्दा सर्पदंशका बिरामीहरु समस्यामा परेका स्थानिय उदय बहादुर कार्कीले बताउनु भयो ।
नवलपुर सर्पदंश उपचार केन्द्रमा आइसियू र भेन्टिलेटर छ तर प्रयोग गर्न सक्ने दक्ष जनशक्ति नभएका कारण आइसियू र भेन्टिलेटर प्रयोग बिहीन भएको  नवलपुर सर्पदंश उपचार केन्द्र संचालक समितिका अध्यक्ष उद्धव पौडेलले बताउनु भयो । उहाँका अनुसार आइसियू र भेन्टिलेटर खरिद गरेको कम्पनीले प्राविधिक पठाउन ढिला गर्दा समस्या परेको हो ।
नवलपुर सर्पदंश उपचार केन्द्रमा जडान भएको आइसियू र भेन्टिलेटरमा केही समस्या आएका कारण आफूले मर्मतका लागि प्राविधिक पठाइदिन जडान गर्ने कम्पनीलाई पटक पटक आग्रह गर्दा पनि प्राविधिक नआएपछि प्रयोग बिहीन भएको नवलपुर सर्पदंश उपचार केन्द्र संचालक समितिका अध्यक्ष पौडेलको भनाई छ ।
“भेन्टिलेटर र आइसियू खरिद गरेको कम्पनीका प्रतिनिधिसँग प्राविधिक पठाइदिन कयौँ पटक फोन गरिसक्यौँ,भोलि–भोलि भनेर टारेको टा¥यै छन्,प्राविधिक कुरा हामीले गरेर मात्रै नहुने रहेछ,प्राविधिक नआइदिँदा उपचारमा समस्या परिरहेको छ।”संचालक समितिका अध्यक्ष पौडेलले बताउनु भयो ।
दुईजना चिकित्सकलाई आइसियू र भेन्टिलेटर चलाउने तालिम धरानमा गरेर आई सकेका भएपनि प्राविधिक समस्याका कारण भेन्टिलेटर र आइसियू संचालन हुन नसकेको केन्द्रले जनाएको छ ।
जटिल अवस्थामा ल्याइएका बिरामीलाई भने आइसियू र भेन्टिलेटरको अभावमा उपचार गर्न समस्या हुने गरेको र अन्यन्त्र पठाउनु परेको केन्द्रका हेल्थ असिस्टेन्ट जगन्नाथ यादवले बताउनु भयो “।सामान्य अवस्थाका बिरामीलाई त एन्टिभेनम चलाएर यहीँ उपचार गर्दै आएका छौँ तर जटिल अवस्थाका बिरामीलाई सुविधा सम्पन्न अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता रहेको छ ।”हेल्थ असिस्टेन्ट यादवले बताउनु भयो ।
केन्द्रमा अहिले अत्याधिक विषालु हुने कालो करेतले टोकेका बिरामी धेरै आउने गरेका छन्। केन्द्रमा अहिले सर्पले डसेर दैनिक ६÷७ जना बिरामी उपचारका लागि आउने गरेका केन्द्रले जनाएको छ । अन्य स्थानका आइसियू र भेन्टिलेटर नेपाली सेनाले चलाउने गरेको भएपनि नवलपुर सर्पदंश उपचार केन्द्र सञ्चालक समितिले सञ्चालन गरि रहेको छ । केन्द्रमा उपचार सम्भव नहुँदे जटिल प्रकृतिका बिरामीहरुलाई वीरगन्ज र बर्दिवास पठाउनु पर्दा बाटैमा ज्यान समेत जाने गरेको केन्द्रले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech