पत्रकारहरुको चरित्र हत्या गर्दै पत्रकार महासंघ सर्लाही

1.4k Shares

नेपाल पत्रकार महासंघ शाखा सर्लाहीलाई सबै पत्रकारहरुको छाता संगठनको रुपमा काम गर्न आग्रह गर्दा नेपाल पत्रकार महासंघ शाखा सर्लाहीका अध्यक्ष सहित ४ जना पत्रकारले नै दुई पत्रकारको चरित्र हत्या गरेका छन् ।

 नेपाल पत्रकार महासंघ सर्लाही शाखालाई नेपाली कांग्रेस निटक प्रेस युनियन सर्लाहीको विर्ता सम्झेर आफ्नो सिण्डीकेट लादि रहेका नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंक बहादुर क्षेत्री,बरिष्ठ पत्रकार रोशन न्यौपाने,प्रेस युनियन सर्लाहीका अध्यक्ष कृष्ण थपलिया र नेकपा(एमाले) निकट प्रेस चौतारी नेपाल सर्लाहीका अध्यक्ष अचुत सापकोटाले महासंघ सर्लाही शाखालाई आफ्नो विर्ता बनाएको जिल्लाका केही पत्रकारहरुबाट गुनासो आएपछि नेकपा(माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपाल सर्लाहीले त्यस कार्यको विरोध गर्दा उनिहरु मिली हिमाल पोष्ट नामक अनलाईन पोर्टल मार्फत प्रेस सेन्टर नेपाल सर्लाहीका अध्यक्ष शंखर पहाडी(एस.पी.गौरब) र सचिव रमेश अधिकारी(रितिक)को चरित्र हत्या गर्नुका साथै हुँदै नभएका भ्रामक,कपोकल्पीत र आधारहिन  विषय वस्तुलाई समाचार बनाएर हिमाल पोष्ट नामक अनलाईन पोर्टल मार्फत चरित्र हत्या गरेका हुन ।

जिल्लामा सबै आफ्नो वर्चस्वा कायम रहोस भन्ने चाहने उनिहरुले बागमती नगरपालिकाको विकास निर्माणको विषयसंग जोडेर हिमाल पोष्ट नामक अनलाईन पोर्टलले बागमती नगरपालिकाले नेपाल कै सबै भन्दा ठूलो मानव निर्मित ताल निर्माण गरेको,नगर वगैँचा निर्माण गरेको,फनपार्क निर्माण गरेको,नगरको शिक्षा,स्वास्थ्य,भौतिक पुर्वाधारहरुमा आमुल परिवर्तन ल्याएको र देशभरका नगरपालिकाहरु मध्य पाँचौँ स्थानमा पर्न सफल भएको भन्दै समाचार लेखेको विषयलाई लिएर प्रेस सेन्टर नेपाल सर्लाहीका अध्यक्ष एस.पी.गौरब र सचिव अधिकारीको चरित्र हत्या गर्ने गरी समाचार बनाएर प्रकाशन गराएका थिए ।

प्रधान सम्पादक मोतीराम खनालले आफ्नो परिचय लुकाएर काठमाण्डौकै एक होटलमा बसेर बार्गेनिङ गरेको तस्विर समेत सार्वजनिक भएको छ । समाचार गलत छापिएकोले खण्डन गरिदिन भन्दै अनुरोध गर्न पुगेका नगरका प्रतिनिधिसँग प्रधान सम्पादक खनालले आफ्नो नाम ईश्वर अर्याल बताएर बार्गेनिङ गरेका थिए । पछि बुझ्ने क्रममा उनी हिमाल पोष्ट नामक अनलाईन पोर्टलका प्रधान संम्पादक खनाल नै रहेका खुलेको हो । उनले सर्लाहीका पत्रकार क्षेत्री,न्यौपाने,सापकोटा र थपलियालाई प्रयोग गरेका कपोकल्पित,भ्रामक र आधारहिन आरोप लगाएको बागमती नगरपालिकाले उल्लेख गरेको छ । उनिहरुले बागमती नगरपालिका र प्रेस सेन्टर नेपाल सर्लाहीका अध्यक्ष एस.पी.गौरब र सचिव अधिकारीको विषयमा समाचारका स्रोतहरु जुटाउने गरेका हुन ।

नगरबाट गएका प्रतिनिधिसंग गलत परिचय दिएका खनालले आर्थिक व्यवस्था गरिदिए तत्काल समाचार खण्डन गरिदिने र वास्तविक समाचार छापिदिने बताएका थिए । तर, नगरको तर्फबाट त्यस्तो कुनै रकम नगरपालिकासंग नभएकोले र नगरका नागरिकले तिरेको करको पैसा यसरी बाड्न नसक्ने बताएपछि हिमाल पोष्ट नामक अनलाईन पोर्टलमा लगातार कपोकल्पित,भ्रामक र आधारहिन कुराहरुलाई समाचारको रुपमा प्रकाशन गरिरहेका नगरपालिका कार्यलयले जनाएको हो । यसरी समाजको पहरेदार तथा राष्ट्रको चौँथो अंगको रुपमा रहेको संचार जगतलाईनै बद्नाम गराउने गरी समाचारको सामान्य मापदण्ड समेत पुरा नगरी लाखौँ नगरवासीको आस्था र नगरको समृद्धिसँग जोडिएका आयोजनाको बद्नाम गर्ने र चरित्रहत्या गर्ने जो कोहीलाई पनि कानुन अनुसार कार्वाही गर्न बागमती नगरपालिकाले सम्बन्धीत निकायसँग जोडदार माँग गरेको छ । साथै नगरले स्वच्छ र मर्यादिन पत्रकारिता तथा प्रतिष्ठित जिम्मेवार संचार गृह प्रति सदैव आफुहरु नतमस्तक रहेको बेहोरा समेत उल्लेख गरेको छ ।

प्रेस सेन्टर नेपाल सर्लाहीका अध्यक्ष पत्रकार एस.पी.गौरब) र सचिव अधिकारीको फोटो समेत राखि भ्रामक,कपोकल्पीत र आधारहिन समाचार प्रकाशन गर्न नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष पत्रकार क्षेत्री,बरिष्ठ पत्रकार न्यौपाने,प्रेस चौतारी नेपाल सर्लाहीका अध्यक्ष सापकोटा र प्रेस युनिय सर्लाहीका अध्यक्ष थपलियाको सहयोगमा हिमाल पोष्ट नामक अनलाईन पोर्टलले भ्रामक,कपोकल्पीत र आधारहिन समाचार प्रकाशन गरेको हो ।

सर्लाहीको बागमती नगरपालिका १२ स्थायी ठेगाना भएका पत्रकार एस.पी.गौरब र सलालबन्द िनगरपालिका १७ स्थायी ठेगाना भएका पत्रकार अधिकारीले सर्लाहीमा सक्रिय पत्रकारीता गरेपछि तर्सिएका नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष पत्रकार क्षेत्री,बरिष्ठ पत्रकार न्यौपाने,प्रेस चौतारी नेपाल सर्लाहीका अध्यक्ष सापकोटा र प्रेस युनिय सर्लाहीका अध्यक्ष थपलियाले हुँदै नभएको कपोकल्पीत,भ्रामक र आधारहिन रिपोर्ट गर्ने र त्यसैलाई समाचार बनाएर हिमाल पोष्ट नामक अनलाईन पोर्टलले प्रकाशन गरेको हो ।

जिल्लामा आफ्नो एकलैटी सिन्डीकेट जारी राखेका नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष पत्रकार क्षेत्री,बरिष्ठ पत्रकार न्यौपाने,प्रेस चौतारी नेपाल सर्लाहीका अध्यक्ष सापकोटा र प्रेस युनिय सर्लाहीका अध्यक्ष थपलिया आफ्नो सिण्डीकेट तोडिने भएपछि जिल्लामा सक्रिय पत्रकारीता गरेका पत्रकार एस.पी.गौरब र अधिकारीलाई कुनै पनि बाहनामा बद्नाम गराउने र उनिहरुको चरित्र हत्या गराउने खेलमा लागेका छन् ।

कमलामाई मिडिया प्रा.लिका अध्यक्ष,सञ्चालक,प्रवन्ध निर्देशक एवम प्रधान सम्पादक तथा राष्ट्रिय समाचार समिति(रासस)र सगरमाथा टेलिभिजनका लागि सर्लाहीबाट रिपोर्टीङ गर्ने पत्रकार एस.पी.गौरब र कमलामाई मिडिया प्रा.लिका बजार व्यावस्थापक एवम न्युज २४ का लागि सर्लाहीबाट रिपोर्टीङ गर्ने अधिकारीले जिल्लाका सबैजसो स्थानका नागरिकहरुसंग सौर्हाद सम्बन्ध बनाई स्थलगत रिपोर्टीङ गर्न थालेपछि अतालिएका नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष पत्रकार क्षेत्री,बरिष्ठ पत्रकार न्यौपाने,प्रेस चौतारी नेपाल सर्लाहीका अध्यक्ष सापकोटा र प्रेस युनिय सर्लाहीका अध्यक्ष थपलियासंग  राजनैतिक तथा रिपोर्टीङ गर्ने क्रममा सहयात्रा नगरेको र उनिहरुको सिण्डीकेट तोडिने त्रासमा रहेका उनिहरुले दुई पत्रकारलाई कसरी सकाउने भन्ने खेल सुरु गरेका हुन ।

उनिहरु वीच पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ सर्लाही शाखा नै पत्रकारहरु सकाउने दाउमा लाग्दा नेपाल पत्रकार महासंघ सर्लाही शाखालाई पत्रकार महासंघ भन्न नमिल्ने भन्ने विषयमा केही समय पहिला सामान्य मनमुटाव रहेको थियो । त्यसपछि नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष पत्रकार क्षेत्री,बरिष्ठ पत्रकार न्यौपाने,प्रेस चौतारी नेपाल सर्लाहीका अध्यक्ष सापकोटा र प्रेस युनिय सर्लाहीका अध्यक्ष थपलियासंग  राजनैतिक तथा रिपोर्टीङ गर्ने क्रममा सहयात्रा नगरेकै कारण दुई पत्रकारलाई कसरी सकाउने भन्ने खेल उनिहरुले सुरु गरेका हुन । भने नेपाल पत्रकार महासंघ सर्लाही शाखाको नाममा लालबन्दी नगरपालिका १ स्थित सव डिभिजन वन कार्यालय लालबन्दीको माताहतमा रहेको श्री नन्देश्वर महादेव सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा काठ संकलन गरि राख्ने स्थानमा सव डिभिजन वन कार्यालय लालबन्दी र डिभिजन वन कार्यालय सर्लाहीसंग अनुमती नलिई सामुदायिक वनका अध्यक्ष उदय बहादुर कार्कीको मिलेमतोमा भवन निर्माणको काम भएको विषयमा प्रेस सेन्टर नेपाल सर्लाहीले डिभिजन वन कार्यालय सर्लाही र जिल्ला प्रशासन कार्यालय सर्लाहीको ध्यानाकर्षण गराएको थियो । सो विषयमा पनि केही मनमुटाव रहेको पत्रकार एस.पी.गौरबले बताए ।

पत्रकार एस.पी.गौरबले भने नेपाल पत्रकार महासंघ सर्लाही शाखा नसुध्रिए यी सिन्डीकेट धारीका चरित्र र गतिविधिहरुको निरन्तर समाचार प्रकाशन गर्छु । काउन्सीलले कार्बाही गर्लाकी भन्ने डर हराई सक्यो । किनकी मैले हिमाल पोष्ट नामक अनलाईन पोर्टलले प्रकाशन गरेको समाचारको विषयमा काउन्सीलमा निवेदन दिएको करिब २ महिना पुग्यो अहिले सम्म कुनै पहल भएको छैन । यस प्रकारको काउन्सील भए वा नभए के फरक पर्ला ? उनले काउन्सीलको ढिलासुस्ती  प्रति गुनासो समेत गरे ।

सम्बन्धित समाचार