Close This

बर्थिङ्ग सेन्टरहरुलाई स्वास्थ्य सामग्री सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-३-१० गते   २६६ पटक हेरिएको

सर्लाहीको ईश्वरपुर नगरपालिकामा रहेको बर्थिङ्ग सेन्टरहरुलाई ग्रामीण नारी उत्थान संघ हरिपुरले स्वास्थ्य उपकरण तथा स्वास्थ्य सामग्री सहयोग गरेको छ । सेभ द चिल्ड्रेनको सहयोग,ईश्वरपुर नगरपालिकाको समन्वय तथा ग्रामीण नारी उत्थान संघ हरिपुरद्वारा संचालित समुन्नति परियोजना अन्तर्गत ईश्वरपुर नगर भित्रका ४ वटा बर्थिङ्ग सेन्टरहरुलाइ स्वास्थ्य उपकरण तथा स्वास्थ्य सामग्री बितरण गरिएको ग्रामीण नारी उत्थान संघ हरिपुरले जनाएको छ ।
ईश्वरपुर नगरपालिकाको भक्तिपुर बर्थिङ्ग सेन्टर,गौरीशंकर बर्थिङ्ग सेन्टर, ईश्वरपुर बर्थिङ्ग सेन्टर र कालिन्जोर बर्थिङ्ग सेन्टर  गरी ४ वटा बर्थिङ्ग सेन्टरलाइ विभिन्न १६ प्रकारका स्वास्थ्य उपकरण तथा स्वास्थ्य सामग्री सम्बन्धीत बर्थिङ्ग सेन्टरका प्रमुखहरुलाई हस्तान्तरण गरिएको ग्रामीण नारी उत्थान संघ समुन्नति परियोजना संयोजक शुभनारायण भिनवारले जानकारी दिनु भयो ।
यसअघि पनि समुन्नति परियोजना अन्तर्गत नगरपालिका भित्रका  क्वारेन्टाईनमा कोरोना व्यक्तिहरुलाई बचाउन स्वास्थ्य सामग्री सहयोग गरेको थियो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech