सर्लाहीको बरहथवा नगरपालिका ८ टाँडीमा एक युवक शंकास्पद अवस्थामा मृत फेला परेका छन्।बरहथवा नगरपालिका ८ स्थित टाँडीका अन्दाजी १९ वर्षीय मुन्ना साह शंकास्पद अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।गाउँ नजिकै शैलेन्द्र रामको परालको भुस्सा राख्ने घरमा युवक शंकास्पद अवस्थामा मृत फेला परेका इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ।मृतक मुन्नाको घाँटीमा चोट देखिएकाले घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ ।
मृतकको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँ पठाएको छ ।घटनाका विषयमा अनुसन्धानका लागि एक युवतीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।पछिल्लो समय सर्लाहीमा हत्या तथा आत्मा हत्या र शंकास्पद अवस्थामा मृत फेला पर्नेहरुको संख्या बढेको भएपनि प्रहरी मौन देखिएको स्थानीयको आरोप छ ।