सिन्धुली र सर्लाही सहित ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा,

315 Shares

 गृह मन्त्रालयले देशभरका ३६ जना प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ। मन्त्रालयले आइतबार सिन्धुली, सर्लाही, रुपन्देही, कैलाली, महोत्तरी, पर्सा, बाँके, बर्दिया, रौतहट,मकवानपुर र कपिलवस्तु लसहित ३६ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको हो ।
जसमा सिन्धुलीका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालको रौतहटमा र मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्कीय श्रेष्ठको सिन्धुली सरुवा गरिएको छ ।त्यसैगरी सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठको जिल्ला प्रशासन कार्यालय गोरखामा गोरखाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको सर्लाही सरुवा गरिएको छ ।
अहिले छठपर्व चलिरहेकाले शान्ति सुरक्षा चुस्त दुरुस्त राख्नुपर्ने भएकाले प्रमुख जिल्ला अधिकारीहरु छठपर्व सकिएपछि मात्रै बिदा भएर जाने सम्बन्धीत जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन् ।
सुरक्षा निकायका प्रमुख अहिले छठपर्वलाई के कसरी शान्तिपूर्वकरुपमा सम्पन्न गर्ने भनी सुरक्षा प्रवन्ध मिलाउन लागि परेका कारण छठ पर्व सकिएपछि मात्रै जाने भएका हुन ।मन्त्रालयले केही जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारीहरुको जिम्मेवारी तोकिएको छ भने केहीलाई स्थानान्तरण गरी अन्य जिल्लामा पठाइएको गृह मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार