बालिका सम्मेलन गर्नुपर्ने माग गर्दै चन्द्रनगरमा प्रदर्शन

723 Shares

सर्लाहीको चन्द्रनगर गाउँपालिकामा शनिबारबाट गर्ने भनिएको बालिका सम्मेलन स्थगित भएपछि बालिका सम्मेलन गर्नुपर्ने माग राख्दै प्रदर्शन गरिएको छ ।सन २०३० सम्म बाल विवाह अन्त्य र बालिकालाई सक्षम बनाउने उदेश्यका साथ शनिवार नाढीमन तालमा गर्ने भनिएको बालिका सम्मेलन स्थगित भएको थियो ।
गाउँपालिका उपाध्यक्ष गितादेवी महतो,चन्द्रनगर ३ का वडा अध्यक्ष सिताराम महतो,चन्द्रनगर ४ का वडा अध्यक्ष राजिव सिंह,चन्द्रनगर ५ का वडा अध्यक्ष रजाउल मन्सुर,चन्द्रनगर ६ का वडा अध्यक्ष दिपेन्द्र चौधरी र चन्द्रनगर ७ का वडा अध्यक्ष रामस्वरुप कुर्मी सहित गाउँकार्यपालिका १५ मध्य १२ र गाउँ सभाका ३९ मध्य ३० जनाले गाउँपालिका अध्यक्ष राज कुमार महतोले गाउँकार्यापालिकामा छलफल नै नगरी आफुखुसी सममेलन गनृ खोजेपछि विरोध गरेका थिए । जसकारण शनिबार गर्ने भनिएको बालिका सम्मेलन स्थगित भएको हो ।
बालिका सम्मेलन स्थगित भएपछि गाउँपालिकाका अध्यक्ष राज कुमारको नेतृत्वमा बालबालिका,महिला अधिकारकर्मी तथा महिलाहरु लगायत अन्य व्यक्तिहरुको उपस्थितिमा सम्मेलन गर्नुपर्ने भन्दै प्रदर्शन गरिएको हो । प्रदर्शनकारीहरुले बालिका सम्मेलन चाडै गर, बालिका सम्मेलन रोक्न पाइदैन,बाल बिबाह अन्त्य गर,महिला अधिकार हनन् गर्न पाइदैन,बालिका बिरोधी जनप्रतिनिधि तथा नेता चाहिदैन लगायतको नारा लगाउँदै प्रदर्शन गरेको हुन ।

सम्बन्धित समाचार