सडक निर्माणमा नगरपालिकाले वेवास्था गरेका कारण स्थानियद्धारा प्रदर्शन

3.4k Shares

सर्लाहीको ईश्वरपुर नगरपालिका ६ स्थित बजार क्षेत्रको सडक कालोपत्रे नभएको भन्दै स्थानीयले प्रदर्शन गरेका छन्। बजार क्षेत्रको सडक कालोपत्रे नहुँदा धुलो धुवाँले आफुहरुलाई सास्ती हुनुको साथै व्यापार तथा सडकमा यात्रा गर्न समेत गाह्रो भएको भन्दै स्थानीय आन्दोलीत भएका हुन ।
नगरपालिकाकाले केही महिनाअघि सडक फराकिलो पार्न भनी सडक आसपासका घर टहरा हटाएको थियो। तर सडक निर्माणको काम लामो समय सम्म पनि नगरेपछि बजार क्षेत्रको सडक कालोपत्रे नहुँदा धुलो धुवाँले आफुहरुलाई सास्ती हुनुको साथै व्यापार तथा सडकमा यात्रा गर्न समेत गाह्रो भएको एक स्थानिय व्यापारीले गुनासो गरेका छन् ।
नगरपालिकाले बजार क्षेत्रको सडक फराकिलो पार्न भत्काएको संरचनाको फोहोर र सडक कच्ची भइदिँदा त्यस क्षेत्रमा सवारीसाधन गुड्दा धुवाँधुलो फैलिने गरेको छ । इश्वरपुर नगरपालिका ६ का वडाध्यक्ष रहमत अन्सारीले दैनिक तीन पटक बजार क्षेत्रको सडकमा पानी हाल्ने र एक हप्ताभित्र काम शुरु गर्ने आश्वासन दिएका छन्। तर सडकमा भएका खाल्डाखुल्डीका कारण पानी हालेपनि हिलाम्मे हुँदा सो क्षेत्रका स्थानिय मारमा परेका छन् ।

सम्बन्धित समाचार