Close This

चेम्बरको ७० औँ वार्षिकोत्सव सर्लाहीमा पनि मनाइयो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-६-२८ गते   ३४४ पटक हेरिएको

नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिकोत्सवको अवसरमा लालबन्दीमा दिप प्रज्वलन गरिएको छ । लालबन्दी नगर चेम्बर अफ कमर्स कमिटी र सर्लाही जिल्ला कमिटीको संयुक्त आयोजनामा नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिकोत्सव मनाएको हो ।
लालबन्दी नगर चेम्बर अफ कमर्स कमिटीका अध्यक्ष सोम पौडेलल र सर्लाही जिल्ला कमिटीका अध्यक्ष रामभक्त प्रधानले दिप प्रज्वलन गरि नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिकोत्सव मनाएका हुन ।
व्यापारी व्यावसायीहरुको हक हितका लागि गठन गरिएको नेपाल चेम्बर अफ कमर्सले व्यापारीका हक हितका लागि निरन्तर काम गर्ने नेपाल चेम्बर अफ कमर्स सर्लाहीको सल्लाहकार नवराज मिश्रले बताउन्ु भयो ।   लालबन्दी नगरपालिका ७ मा आयोजना गरिएको दिप प्रज्वलन कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech