शसस्त्र प्रहरीद्धारा प्रेस लेखिएको मोटरसाईकलबाट लागु औषध बरामद्

गणेश खड्का    प्रकाशित: २०८०-४-१ गते   ५८६ पटक हेरिएको

प्रेस लेखिएको मोटरसाईकल सहित नियन्त्रणमा परेको लागु औषध र मानिस

सर्लाहीको मलंगवा नगरपालिका ८ बाट प्रेस लेखिएको मोटरसाईकल र लागु औषध सहित दुई जनालाई शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । मलंगवा नगरपालिका ८ बाट प्रेस लेखिएको प्रदेश ०२–०३–०१७ प ९९६ नम्बरको मोटरसाईकलमा लागु औषध ल्याँउदै गर्दा मलंगवा नगरपालिका ३ का राजा बाबू मिकरानी र सोही ठाउँका सोही मोटरसाईकलमा पछाडि सवार मासुम हसनलाई प्रस्तावित सीमा सुरक्षा गुल्म मलगंवाले नियन्त्रणमा लिईएको शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण कविलासी सर्लाहीले जनाएको छ ।
शसस्त्र प्रहरीका अनुसार प्रस्तावित सीमा सुरक्षा गुल्म मलगंवाको चेकजाँच टोलीले शंका लागि चेकजाँच गर्दा प्रेस लेखिएको प्रदेश ०२–०३–०१७ प ९९६ नम्बरको मोटरसाइकलमा लुकाई छिपाई भारतबाट नेपाल तर्फ ल्याँउदै गरेको लागु औषध ६० ट्याब्लेट नाइट्राभेट नियन्त्रणमा लिईएको हो ।
प्रहरीका अनुसार राजाबाबु यसअघि पनि जिल्ला र जिल्ला बाहिरबाट प्रकाशित हुने विभिन्न पत्रपत्रिकाकाहरुको नक्कली बिल बनाएर विभिन्न स्थानीय तह,सरकारी कार्यालय र व्यक्तिहरुसँग रकम असुली गरेको आरोपमा पक्राउ परेका थिए । उनलाई फेरी पनि यस प्रकारका गतिविधिहरु नगर्ने सर्तमा छाडिएको जिल्ला प्रहरी कायार्यलय सर्लाहीले जनाएको थियो ।
तर पनि उनले आफ्नो पुरानै काम निरन्तर गरि रहेका विभिन्न स्थानहरुबाट गुनासाहरु आउने गरेका प्रहरीले जनाएको छ । साथै सो कार्यका लागि उनी आफैले नक्कली पत्रकार परिचय पत्र बनाएर प्रेस लेखेको मोटरसाइकलको प्रयोग गर्दै आएका थिए ।
यता,कोरोना महामारीको लकडाउनको समयमा नेपाल भारत सिमा क्षेत्रबाट प्रेस लेखिएको मोटरसाइकलमा लुकाएर राखेको अवस्थामा पेस्तोल सहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पछिल्लो समय सर्लाहीमा जसले पनि मोटरसाइकलमा प्रेस लेखेर हिंड्ने र सो सवारी साधनको प्रयोग गरेर विभिन्न अपराधिक क्रियाकलाप गर्नेहरु बढेको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ ।यसरी नक्कली पत्रकारहरुका कारण पछिल्लो समय जिल्लाका पत्रकारहरु बद्नाम हुँदै गएका छन् । भने सरोकारवाला निकाय नेपाल पत्रकार महासंघ सर्लाही शाखा यस विषयमा मौन झैँ देखिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech