प्रदेशकै पहिलो नगर स्तरीय वाङ्गमय परिषद लालबन्दीमा गठन

3.1k Shares

सर्लाहीको लालबन्दी नगरपालिकाले प्रदेश मै पहिलो नगरस्तरीय वाङ्गमय परिषदको गठन गरेको छ । प्रदेश नम्बर २ मा रहेका कुनैपनि स्थानिय निकायले आफ्नो स्थानिय निकायमा वाङ्गमय परिषदको गठन गर्न नसकि रहेको समयमा लालबन्दी नगरपालिकाले आफ्नो नगरको ऐन,कानुन बनाएरै नगर स्तीय वाङ्गमय परिषदको गठन गरेको हो ।
वाङ्गमय परिषदको शनिबार भएको छलफलबाट अचुत अधिकारीको अध्यक्षतामा गठन १३ सदस्यीय नगर स्तरी वाङ्गमय परिषदको गठन गरिएको नगर प्रमुख मानबहादुर खड्काले जानकारी दिनुभयो ।
लालबन्दी नगरपालिकाको आयोजनामा भएको वाङ्गमय परिषदको कार्यक्रममा राजेश्वरी काफ्ले उपा अध्यक्ष,सुमन घिमिरे सचिव र विवस पौडेल कोषअध्यक्षमा सवैसहत चयन हुनु भएको छ । नगरपालिकाको सभा हलमा भएको कार्यक्रममा ४सदस्यीय पदाधिकारी र ९ सदस्य गरि १३ सदस्यीय नगर स्तरीय वाङ्गमय परिषदको गठन गरिएको परिषदका सचिव घिमिरेले बताउनु भयो ।
भाषा,कला,साहित्य,संस्कृति,संगीत तथा दर्शनको संरक्षण एवम सम्वद्र्धन र विकासका लागि वाङ्गमय परिषदको गठन गरिएको कार्यक्रमका अध्यक्ष एवम नगर प्रमुख खड्काले बताउनु भयो । उहाँले नगर स्तरीय वाङ्गमय परिषदकालागि आफुले गर्न सक्ने सबै प्रकारका सहयोग गर्ने बताउनुभयो ।
 पछिल्लो समयमा पश्चीमा संस्कृतिका कारण नेपाली परम्परागत कला,संस्कृति,संगीत र दर्शन लोपोन्मुख अवस्थामा पुगेको भन्दै स्थानिय निकायहरुले त्यसको संरक्षणको काम सुरु गरेका लालबन्दी नगरपालिकाकी उप प्रमुख शान्ती लामाले बताउनुभयो ।  कार्यक्रममा नगरभित्रका करिब सय जना साहित्यकार,संस्कृतविद्ध तथा भाषाविज्ञहरुको उपस्थिती रहेको थियो । 
 

सम्बन्धित समाचार