हरिवन १० को सडक किनारमा ट्रि–गार्ड सहितको वृक्षारोपण

550 Shares

सर्लाहीको हरिवन नगरपालिका १० स्थित पर्ने सडक किनारमा ट्रि–गार्ड सहितको वृक्षारोपण गरिएको छ।डिभिजन वन कार्यलय लालबन्दी,सर्लाही र हरिवन नगरपालिका १० को सहकार्यमा मंगलबार(आज)सडक किनारमा ट्रि–गार्ड सहितको वृक्षारोपण गरिएको सव डिभिजन वन कार्यालय जानकीनगरका प्रमुख एवम सहायक वन अधिकृत हिरोहित चौधरीले जानकारी दिए ।उनका अनुसार हरिवन नगरपालिका ७ को सिमाना देखि नयाँरोड बरहथवा सडक खण्ड जोड्ने बाटोको दुवै किनारामा करिब एक किलोमिटर डक किनारमा ट्रि–गार्ड सहितको वृक्षारोपण गरिएको हो ।

cea12e57-200e-4755-a40a-702c41c6a869.jpeg
“निकट भविष्यमा पनि वन तथा वातावरणका क्षेत्रमा काम गर्दा सहकार्य गर्ने र सो को लागि नगरपालिका र वडा कार्यालयले पनि सम्मान उत्तरदायित्व र अपन्त्व वहन गरे अझै सहज हुने सडक किनारमा ट्रि–गार्ड सहितको वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि एवम डिभिजन वन कार्यालय लालन्दी सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत मन्जुर अहमद्ले बताए ।उनका अनुसार रोपिएको बोटविरुवाहरुको हेरचाह,मर्मत सम्भार तथा सुरक्षाको जिम्मेवारी वडा कार्यालयको रहने गरि सम्झौता भएको छ ।

0949a057-6e2e-4071-bfeb-055af75abb61.jpeg
डिभिजन वन कार्यालय लालन्दी सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत मन्जुर अहमद्को प्रमुख अतिथ्यता र हरिवन नगरपालिकाकी नगर उपप्रमुख हरिमाया घलान,हरिवन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र सापकोटा,लेखा अधिकृत प्रतीक कार्की, हरिवन नगरपालिका १० का वडा अध्यक्ष शम्भु प्रसाद मैनाली र हरिवन नगरपालिका ७ का वडा अध्यक्ष निरध्वज कार्की लगायत डिभिजन वन कार्यालय लालबन्दी,सर्लाहीका वन अधिकृत सजन चौधरी,सामुदायिक वन उपभोक्ता महासंघ सर्लाहीका अध्यक्ष सिताराम पोख्रेल लगायत वडाका जनप्रतिनिधिहरु र स्थानीयको विशेष उपस्थितिमा डक किनारमा ट्रि–गार्ड सहितको वृक्षारोपण गरिएको डिभिजन वन कार्यालय लालबन्दी,सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार