स्व.यादवको २९ औं स्मृति दिवस भदौ २ मा हरिवनमा मनाउने तयारी

607 Shares

जनयुद्धको तयारीको क्रममा तत्कालीन सत्ताद्वारा निर्मम हत्या गरिएका स्व.रामबृक्ष यादवको २९औं स्मृति दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरि मनाईने भएको छ । 
माओवादी केन्द्रका तत्कालीन केन्द्रीय सदस्य स्व.यादवको २९ औं स्मृति दिवस नेकपा(माओवादी केन्द्र) जिल्ला समन्वय समिति सर्लाहीले भदौ २ गते हरिवन नगरपालिका ११ स्थित रहेको हरिवन नगरपालिकाको पुरानो भवनको सभाहलमा मनाउने तयारी गरेको माओवादी केन्द्र हरिवन नगर कमिटिका सचिव गौरी महतोले जानकारी दिए ।
मधेश प्रदेशका सबै जिल्लाहरुमा स्व.यादवको २९ औं स्मृति दिवस मनाउने कार्यक्रम अन्र्तगत माओवादी केन्द्र जिल्ला समन्वय समिति सर्लाहीले हरिवन नगरपालिकाको पुरानो भवनको सभाहलमा मनाउने तयारी गरेको हो । भने माओवादी केन्द्र सर्लाहीका नेता कार्यकर्ताहरुलाई उपस्थितिको लागि पनि माओवादी केन्द्र जिल्ला समन्वय समिति सर्लाहीले आग्रह गरेको छ ।

सम्बन्धित समाचार