नेकपा(एमाले)का केन्द्रीय सदस्य एवम पुर्व मन्त्री बद्रीप्रसाद न्यौपानेले नेकपा(एमाले)छाडेको घोषणा गरेका छन् । नेकपा(एमाले)का केन्द्रीय सदस्य एवम पुर्व मन्त्री न्यौपानेले शनिबार एक पत्र सार्वजनिक गर्दै नेकपा एमाले छाडेको घोषणा गरेका हुन ।
उनले मंसिर ४ को निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)सँग चुनावी गठवन्धन गरेको प्रति असहमती जनाई पार्टी छाडेको घोषणा गरेका हुन् । नेकपा(एमाले)का केन्द्रीय सदस्य एवम पुर्व मन्त्री न्यौपानेको उक्त पत्रमा हिजोका दिनमा उपेन्द्र यादवको नेतृत्वमा मधेसमा साम्प्रदायिक भडकाई,नाकाबन्दीजस्ता घृणित कार्य गर्ने जसपासँग एउटा राष्ट्रवादी पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको कहिले पनि हित नचाहने र भारतको ईशारामा नेपालमा आफ्नो गतिविधि गर्ने पार्टीसँग जनताको माग विपरीत अनि पार्टी कार्यकर्ताको मागलाई बेवास्ता गर्दै गठवन्धन गरिएको आरोप लगाएका छन् ।
यो गठवन्धन देश र जनताको पक्षमा नभई विदेशी स्वार्थमा गरिएको नेकपा(एमाले)का केन्द्रीय सदस्य एवम पुर्व मन्त्री न्यौपानेले पत्रमा लेखेका छन् । २०७४ सालमा राष्ट्रिय चुरेभावर पार्टीबाट एमालेमा प्रवेश गरेका न्यौपानेले भावर आन्दोलनका शहीद र घाइतेप्रति उच्च सम्मान गर्दै अब आफू स्वतन्त्र भई देश र जनताको हितमा लाग्ने पत्रमा उल्लेख गरेका छन् ।
स्रोतका अनुसार नेकपा(एमाले)का केन्द्रीय सदस्य एवम पुर्व मन्त्री न्यौपाने जसपासँग तालमेल गरेपछि असन्तुष्ट भई रौतहटमा स्वतन्त्र उम्मेदवारी दिएका नेता प्रभु साहसँग निकट भएका छन् ।